पत्रकार पोखरेलकाे निधन

काठमाडौं : पत्रकार वसन्त पोखरेलको निधन भएको छ। बुटवलबाट पत्रकारिता गर्दै आएका पोखरेलको आज बिहान ६ बजे आफ्नै निवास बुटवल–१३ बेलबासमा ६८ वर्षको उमेरमा निधन भएको हो। प्रेस स्वतन्त्रता सेनानीको सम्मानसमेत पाएका पोखरेल नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्ष हुन्। विसं २०११ सालमा प्युठानमा जन्मेका पोखरेलका दुई छोरा तथा एक छोरी छन्। हाल बुटवलको बुटवल टुडे दैनिकको सल्लाहकार सम्पादक रहका पोखरेल लामो समयदेखि मधुमेह र उच्च रक्तचापबाट पीडित थिए। 

सम्बन्धित सामग्री

पत्रकार पाण्डेको निधन

काठमाडौं, कात्तिक ११ ।  नेपाल पत्रकार महासङ्घ मकवानपुरका पूर्वअध्यक्ष एवं वरिष्ठ पत्रकार कौशल पाण्डेको बिहीबार निधन भएको छ। उनको ७५ वर्षको उमेरमा हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडास्थित आफ्नै निवासमा निधन भएको हो। लामो समयदेखि क्यान्सर रोगबाट पीडित पाण्डेको केही सातादेखि स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो। मकवानपुरे पत्रकारिताका संस्थापकमध्येका एक पाण्डेको निधनले पत्रकारिता क्षेत्रमा अपुरणीय क्षति पुुगेको […]

वरिष्ठ पत्रकार पाण्डेको निधन

वरिष्ठ पत्रकार, शिक्षासेवी कौशल पाण्डेको निधन भएको छ । हेटौंडा उपमहानगरपालिका– ४ कमलडाँडास्थित निवासमा बुधबार अपराह्न उनको निधन भएको हो ।  ७५ वर्षका पाण्डेको लिभर सिरोसिको कारण केही महिनाअघि शल्यक्रिया गरिएको...

बुटवलका पत्रकार रानाको निधन

पाल्पा : पत्रकार टेक मास्की रानाको ४८ वर्षको उमेरमा निधन भएको छ।स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ बारिचौर घर भइ बुटवलबाट पत्रकारिता गर्दै आएका रानाको बुधबार बिहान निधन भएको पत्रकार महासंघ रूपन्देहीका सचिव विनोद परियारले जानकारी दिए।डेंगु तथा निमोनियाका बिरामी रानाको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल  निधन भएको परियारले बताए।  मिर्गौला र जण्डिसको बिरामी पनि थिए।दुई दशकभन्दा लामो पत्रकारिता गरेका मास्की नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व कार्यसमिति सदस्

जनपक्षीय पत्रकार पोखरेलको निधन

बुटवलका एकजना जनपक्षीय क्रान्तिकारी पत्रकार बसन्त पोखरेलको निधन भएको छ । मंगलबार विहान ६ बजे आफ्नै निवास बुटवल १३ बेलबासमा उनको निधन भएको हो । सधै निमुखा जनताको पक्षमा कलम चलाउने प्रगतिशील पत्रकार पोखरेलको ६८ वर्षको उमेरमा निधन भएको हो । प्रेस स्वतन्त्रता सेनानीको सम्मान समेत पाएका पोखरेल नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व उपाध्यक्ष हुन् । वि.सं. २०११ सालमा प्युठानमा जन्मेका पोखरेलका दुई छोरा तथा एक छोरी छन् । हाल बुटवलको बुटवल टुडे दैनिकमा सम्पादकको जिम्मेवारीमा कार्यरत पोखरेल लाम

झापाकी पत्रकार पकवालको निधन

९ फागुन, झापा । झापाकी पत्रकार माया पकवालको निधन भएको छ । मिर्गौला सम्बन्धी समस्याबाट ग्रसित उनको ओमसाई पाथिभरा अस्पताल, भद्रपुरमा उपचारका क्रममा सोमबार बिहान तीन बजे निधन भएको भद्रपुरका पुराना पत्रकार चिन्तामणि दाहालले बताए । ५४ वर्षीय पकवाल भद्रपुरबाट प्रकाशित हुने साप्ताहिक वरुणमा प्रकाशक र सम्पादक थिइन् । उनको मेची नदीमा सोमबारै बिहान ११ […]

पत्रकार राईको निधन

काठमाडौँ– नेपाल पत्रकार महासंघ काठमाडौँ शाखाका सदस्य पत्रकार कमल राईको निधन भएको छ । प्रभाव दैनिकका सम्पादकसमेत रहेका राईको मित्रपार्कस्थित नेपाल–भारत मैत्री अस्पतालमा उपचारका क्रममा निधन भएको हो । राई लामो समयदेखि काठमाडौँमा बसेर पत्रकारिता गर्दै आएका थिए ।

पत्रकार ऐडीको निधन

हुम्लाका पत्रकार नन्द ऐडीको उपचारका क्रममा निधन भएको छ । काठमाडौँको सुमेरु अस्पतालमा कलेजो र मिर्गौलासम्बन्धी रोगले ग्रस्त भएपछि उपचारकै क्रममा पत्रकार ऐडीको निधन भएको हो ।दुई हप्तादेखि काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराउँदै आउनुभएका पत्रकार ऐडीको शनिबार सुमेरु अस्पतालको आइसीयू कक्षमा उपचार भइरहेको अवस्थामा मृत्यु भएको उनकी श्रीमती बविता बुढाले बताइन् । पत्रकार ऐडी हेपाटाइटिस बी, कलेजो र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए ।तीस वर्षको उमेरमा ऐडीको निधन भएको हो । पत्रकार ऐडी ताकेश्वर आवाजक

रुपन्देहीका पत्रकार चौहानको निधन

नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेश समितिका सदस्य तथा रुपन्देहीका क्रियाशील पत्रकार बिन्दुकुमार चौहानको निधन भएको छ ।

मुगुका पत्रकार मल्लको निधन

मुगुका पत्रकार सुमन मल्लको निधन भएको छ । ४१ वर्षीया पत्रकार मल्लको बुधबार राति उपचारका क्रममा निधन भएको हो

पत्रकार सुशील शर्माको निधन

काठमाडाैं । पत्रकार सुशील शर्माको निधन भएको छ । चाबहिलस्थित ओम अस्पतालमा उपचारका क्रममा पत्रकार शर्माको शुक्रबार दिउसाे निधन भएकाे हाे । ६३ वर्षका शर्माले लामो समय बीबीसी नेपाली सेवामा काम गरेका थिए । शर्मा अन्तर्वार्ता, समाचार टिप्पणी र विश्लेषणमा अब्बल मानिन्थे । शर्माका श्रीमती र १ छोरा रहेका छन् । शर्माको आजै पशुपति आर्यघाटमा दाहसंस्कार […] The post पत्रकार सुशील शर्माको निधन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.