एउटै गाउँबाट पाँच करोडको सुन्तला विक्री

वागचौर नगरपालिका कोटमौला गाउँ अहिले सुन्तला पाकेर पहेलपुर देखिन्छ । थोरै लगानीको सजिलो खेती र राम्रो आम्दानी हुने भएकोले धेरैले सुन्तला खेती गरेका छन् । राजनीतिकर्मी र सरकारी जागिरे सहित अन्य पेशा–व्यवसायमा संलग्नहरुको पनि अचेल सुन्तला खेतीमा आकर्षण बढेको छ । यहाँका सवै घरमा आगन र वारीमा सुन्तला खेती फस्टाएको छ । सुन्तला खेतिबाट मनग्य आम्दानी हुने भएपछि सुन्तला खेतितर्फ आर्कषण बढेको हो ।