पुस १२, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा सर्वसाधारण समूहबाट दुई जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् ।
कम्पनीको पुस ११ गते सम्पन्न वार्षिक साधारण सभाबाट परिक्षीत खेमका र डा. बद्री प्रकाश पोखरेल आगामी ४ वर्षका लागि सञ्चालक पदमा निर्विरोध निर्वाचित भएको नेप्से मार्फत जानकारी गराएको हो ।