ओलम्पिक: जुडोकी सोनिया इरिनासँग पराजित

काठमाडौं: टोकियो ओलम्पिकमा नेपालको तर्फबाट जुडोमा सहभागी सोनिया भट्ट पराजित भएकी छिन्। ४८ केजी मुनिको समूहमा भट्ट रुसी खेलाडी इरिना डोलगोभासँग पराजित भएकी हुन्। आजै सम्पन्न अर्को खेलमा कल्पना परियारले सुटिङमा राष्ट्रिय कीर्तिमान बनाइन्। प्रतियोगितामा ४६ औं स्थानमा रहेकी उनले ब्यक्तिगत कीर्तिमान सुधारेकी छिन्। उनले महिलातर्फको १० मिटर राइफलमा ११६.८…

सम्बन्धित सामग्री

टोकियोमा जुडोकी सोनिया रसियाकी इरिनासँग यसरी भिडेकी थिइन्, फोटोफिचर

टोकियो ओलम्पिकमा नेपालको तर्फबाट जुडोमा सोनिया भट्ट रिङमा उत्रिइन्। ४८ केजी मुनिको समूहकी भट्टको प्रतिस्पर्धीका रुपमा थिइन् रुसी खेलाडी इरिना डोलगोभा। पहिलो चरणमा अन्तिम ३२ का लागि प्रतिस्पर्धा चल्दै थियो। तर इरिनाले सोनियलाई पहिलो राउन्डमै पराजित गरिन्।

टोकियो ओलम्पिकः जुडोकी सोनिया पहिलो चरणमै पराजित

काठमाडौं। जापानमा शुक्रबारबाट औपचारिक रुपमा सुरू टोकियो ओलम्पिकमा नेपालकी जुडो खेलाडी सोनिया भट्ट पहिलो खेलमै पराजित भइन्। शनिबार बिहान सम्पन्न ४८ केजी मुनीको तौल समूहको इलिमिनेसन राउन्डमा सोनिया रुसकी डोलगाभा इरिनासँग इपोनले पराजित भएकी हुन्। १९ वर्षीया सोनियाले १ मिनेट १६ सेकेण्डमै खेल गुमाइन्। इरिनाले फाइनलमा स्थान बनाएमा सोनियाले रेपेचेजमार्फत फेरि प्रतिस्पर्धा गर्न पाउनेछिन्।