सुनकोशी–३ जलविद्युत आयोजना (६८३ मे.वा) अघि नबढाउन राष्ट्रिय सीमान्तिकरणविरुद्ध अभियानको माग, जबरजस्ती अघि बढाईए प्रतिरोध गर्ने चेतावनी (भिडिओसहित)

काठमाडौं, ६ पुष । राष्ट्रिय सीमान्तिकरणविरुद्ध अभियानले सुनकोशी–३ जलविद्युत आयोजना (६८३ मे.वा) को वातावरणीय मुल्याकंन (ईआईए) प्रतिवेदन स्विकृत गरिएको र सोअनुसार आयोजना निर्माण प्रक्रिया अगाडि बढाएको विषयप्रति गम्भीर ध्यानाकार्षण जनाएको छ। आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै अभियानले सुनकोशी–३ जलविद्युत आयोजनासम्बन्धी सरकारको निर्णयले नेपालका ऐतिहासिक राज्यविहिन राष्ट्रहरुमाथि राज्य औपनिवेशिकता कायमै रहेको पुष्टि हुने […]