मेयर नै अध्यक्ष रहेको विद्यालयमा पनि प्रअ विवाद, नगर प्रवक्ताले भने- १७ जना कांग्रेस निकटका राख्न सफल भयौँ

कैलाली । पछिल्लो केही दिनदेखि कैलालीको घोडाघोडी नगरपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक नियुक्तिको विषयले विवाद सृजना गरेको छ । शिक्षा नियमावली २०५९को नियम ९३ ले विद्यालयको प्रधानाध्यापकको नियुक्ति सम्बन्धी अधिकार सम्बन्धित विद्यालयको व्यवस्थापन समितिलाई प्रदान गरेको छ । तर, कैलालीको घोडाघोडी नगरपालिकाले उक्त नियमावली विपरीत आफै खुला प्रतिस्पर्धाबाट प्रधानाध्यापक नियुक्त गरेपछि विद्यालयमा विवाद भएको छ । […]