पोखराबाट बैंकिङ कसुरमा एक पुरुष पक्राउ

पोखराबाट बैंकिङ कसुरमा एकजना पक्राउ परेका छन् । पोखरा बाझापाटनका ३५ वर्षीय शंकर गुरुङले पैसा नभएको बैंक खाताको चेक दिएर बाउन्स भएको उजूरी परेपछि प्रहरीले उनलाई बैंकिङ कसुरमा पक्राउ गरिएको हो ।बैंकमा उनले दिएको १३ लाख ८० हजारको चेक साट्न पटकपटक जाँदासमेत नसाटिएपछि  उजुरी परेको थियो ।  उनलाई बैंकिङ कसुर मुद्दामा उच्च अदालतबाट ७ दिन म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको कास्की प्रहरी प्रवक्ता डीएसपी सुवास हमालले जानकारी दिए । 

सम्बन्धित सामग्री

प्रिय पुरुष!

प्रिय पुरुष, प्रेम भावना,शताब्दीऔंदेखि सिकाइयो,छोरा मान्छेको आँखामा आँसु सुहाउन्न, छोरा मान्छेले रुनु हुँदैन, ‘हुँदैन’ को भयमा गुम्सिएर,उत्पन्न भएको सन्तापको रापले,आँखामै सुकाए आँसु पुरुषहरूले।...

प्रिय पुरुष!

प्रिय पुरुष, प्रेम भावना,शताब्दीऔंदेखि सिकाइयो,छोरा मान्छेको आँखामा आँसु सुहाउन्न, छोरा मान्छेले रुनु हुँदैन, ‘हुँदैन’ को भयमा गुम्सिएर,उत्पन्न भएको सन्तापको रापले,आँखामै सुकाए आँसु पुरुषहरूले।...

सुन्दरीजलमा खसेर एक पुरुष बेपत्ता

काठमाडौँ । काठमाडौँको सुन्दरीजलमा एक पुरुष खसेर बेपत्ता भएका छन् । शनिवार दिउँसो एक जना पुरुष सुन्दरीजलस्थित बागमतीमा खसेर बेपत्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ । बेपत्ता भएका पुरुषको खोजी कार्य भइरहेको र उनको पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ ।

बायोलोजिकल डेस्टिनी र पुरुष स्वास्थ्य

पुरुषलाई समाजले सिकाएको खतराको खेलाडी भन्ने अवधारणा रोक्न र जोखिमपूर्ण गतिविधिमा सचेत गराउन पुरुष स्वास्थ्य समूह प्रभावकारी हुन सक्छ  स्वास्थ्य सेवा उपयोगका आँकडामा महिलाको तुलनामा पुरुष सेवाग्राहीको संख्या कम पाइन्छ । यस्तो...

काठमाडौंमा एक पुरुष मृत फेला

काठमाडौः  काठमाडौं महानगरपालिका १३ गाईबाच्छापाटीमा एक पुरुष मृत अबस्थामा फेला परेका छन्। अच्युत पाण्डेको कोही बसोबास नगर्ने खाली घरको शौचालयमा ३२ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन्। मृतकको शनाखत हुन सकेको छैन। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ

वालिङमा पुरुष तथा महिला भलिबल हुने

काठमाडौं (हाम्रो खेलकुद) – स्याङ्जाको वालिङ नगरपालिकामा पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । वालिङ भलिबल क्लबले आफ्नो दोस्रो वार्षिकोत्सवको अवसर पारेर पुरुष तथा महिला भलिबल प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगिता ८ देखि १३ कात्तिकसम्म वालिङ खेल मैदानमा हुने आयोजकले जनाएको छ । साविकको वडा स्तरीय प्रतियोगितामा सम्बन्धित वडाका ३ […]

म पुरुष

म पुरुष तर मेरो पहिचान छैन, किनकि म जस्तै हेर्दा मानव देखिने दानवहरुले छिनेर लगे, संरक्षक बनेर संरक्षण गर्न सकेनन् तर पहिचान गुमाउन विवश गराए, त्यसैले, म आफ्नो पहिचान गुमाएको आधुनिक युगको पराधीन पुरुष हुँ।

सुदुरपश्चिममा महिलाभन्दा पुरुष दोब्बर सङ्क्रमित

सुदुरपश्चिम। कोरोना सङ्क्रमणको दोस्रो लहरमा सुदुरपश्चिम प्रदेशमा महिलाको तुलनामा पुरुष बढी सङ्क्रमित देखिएका छन्। सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार मङ्गलबारसम्म सुदुरपश्चिमका नौवटै जिल्लामा महिला नौ हजार ५३६ जनामा संक्रमण देखिएको छ भने २१ हजार ४४२ जना पुरुष सङ्क्रमित देखिएका छन्। कुल सङ्क्रमितमध्ये पुरुष ६९ प्रतिशत र महिला ३०.७९ प्रतिशत छन्। रासस