अर्घाखाँची कांग्रेसका उपसभापतिसहित १० जना निलम्बित, गुटगत निर्णय मान्य छैन- उपसभापति पौडेल

रुपन्देही । नेपाली कांग्रेस अर्घाखाँची जिल्ला समितिले स्थानीय तह निर्वाचनमा अन्तर्घात गरेको भन्दै जिल्ला उपसभापतिसहित १० जना नेतालाई कारबाही गरेको छ । बीपी स्मृति भवन सन्धिखर्कमा बसेको बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीलाई अन्तर्घात गरेका १० जनालाई साधारण सदस्यसमेत नरहने गरी निलम्बन गरेको हो । कांग्रेसले स्थानीय निर्वाचनमा अन्तर्घात गरेका पार्टीका उपसभापति बाबुराम पौडेल र पूर्वक्षेत्रीय […]