बाराको कोल्हवी नगरपालिकास्थित वडामा कार्यरत एक कर्मचारीमाथि विशेष अदालतमा आरोप पत्र दायर गरिएको छ । नायब सुब्बा विनोद प्रसाद साहविरुद्ध विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर भएको हो । कोल्हवी नगरपालिका वडा नम्बर ११ को वडा कार्यालयमा कार्यरत वडा सचिव साहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको जनाएको छ । अनुसन्धानको क्रममा कर्मचारी साहले सेवाग्राहीसँग घुस लिएको पुष्टि भएको भन्दै विशेष अदालतमा आरोप–पत्र दायर गरेको प्रवक्ता श्याम प्रसाद भण्डारीले जनाएका