रौतहट जिल्लाको परोहा नगरपालिका –१ जीङदवा गाउँमा रहेको परम्परागत बाँस भकारी । अहिले अन्न भण्डारणका निम्ति बजारमा आयातित विभिन्न आधुनिक किसिमका प्लास्टिक तथा धातुजन्य सामग्री पाइन थालेपछि परम्परागत भकारी लोप हुन थालेको छ ।
पछिल्लो समय प्लास्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले बाँसबाट बनेका सामग्री लोप हुँदै गएका छन् । ग्रामीण भेगबाट परम्परागत रूपमा प्रयोग गरिँदैआएको बाँस र निगालोको चोयाबाट बुनिएका डोको, डालो, थुन्से र भकारी लोप हुँदैगएका छन् ।
म्याग्दी : प्लाष्टिकजन्य सामग्रीको प्रयोग बढ्दै गएकाले म्याग्दीका ग्रामीण भेगहरूबाट परम्परागतरूपमा प्रयोग गरिँदै आइएको बाँस र निगालोको चोयाबाट बुनिएका डोको, डालो, थुन्से र भकारी लोप हुँदै गएका छन्।यस क्षेत्रका दलित तथा आदिवासी जनजाति समुदायका व्यक्तिहरूले पुस्तौँदेखि डोको‚ डालो, थुन्से र भकारी बुनेर विभिन्न ठाउँमा लाग्ने मेला, बजार र गाउँघरसम्म पुर्याइ बिक्री गरी जीविकोपार्जन गर्दै आएका थिए। तर, केही वर्षअघिसम्म गाउँघरमा खाद्यान्नको भण्डारणका लागि प्रयोग गरिने यी वस्तुहरू पछिल्लो समयम