काठमाडौं। चीनले आज रसुवागढी–केरुङ नाकामा नेपाललाई थप पन्ध्रसय थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ। चीनले ती सिलिण्डर अनुदान सहयोगमा उपलब्ध गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ। चाइना कल्चरल मिडिया ग्रुप लिमिडेटले आजै रसुवागडी नाकामा ५ लाख २७ हजार ५ सय थान केएन ९५ मास्क नेपाललाई हस्तान्तरण गरेको छ। यसअघि चीनले अनुदान सहयोगमा दिएको सिलिण्डर बेइजिङबाट जहाजमा ल्याएको थियो।