काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि बङ्गलादेशका राजदूत सलाउद्दिन नोमान चौधरीले शिष्टाचार भेट गरेका छन् । उपराष्ट्रपतिको कार्यालयमा आज अपराह्न भएको भेटमा दुई मुलुकबीचको सम्बन्ध, व्यापार, पर्यटन, विद्युत्लगायत पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको थियो । उपराष्ट्रपतिको निजी सचिवालयका अनुसार दुई देशबीचको व्यापारको मात्रा बढ्दै गएकोमा खुसी व्यक्त गर्दै उपराष्ट्रपतिले व्यापार विस्तार एवं […]