बर्मामा सैनिक शासन क्रूर बन्दै, नेपालीभाषीहरु पनि हतियार उठाउँदै

सेनाले सत्ता लिएदेखि बर्मामा गृहयुद्ध चलिरहेको छ। एकलाख जति जनसंख्या रहेको बर्माका नेपालीभाषीसमेत सैनिक शासनविरुद्ध विद्रोहमा उत्रिएका छन्। उनीहरु कचिन गोर्खा बटालियनको गोर्खाली सेनाका रुपमा चिनिन्छन्। फुर्सदका बेला नेपाली भाषामै गीत गाएर रमाइलो गर्छन्। सन् २०२० को अन्त्यमा भएको चुनावमा अत्यधिक बहुमत ल्याएर नेत्री आङसान सूचीको पार्टीले बर्मामा सरकार बनाउने तयारी गर्दैगर्दा १ फेब्रुअरी २०२१मा सेनाले शासन कब्जा गर्‍यो।