कोभिड-१९ को खोपले शरीरलाई चुम्बकीय बनाउँछ भन्ने भ्रामक भिडियो नेपालमा मात्रै होइन, विश्वभर फैलिरहेको छ। यस्ता सूचनामाथि विश्वका तथ्य जाँचकी संस्थाले खोजबिन गरेका छन्।
लङ्गुर र बाँदर एकै प्रकारका प्राणी हुन् । लङ्गुरको मुख कालो हुन्छ । यसको स्वाभाव भद्र हुन्छ । बाँदरको स्वभाव अलि फटाहा र अटेरी हुन्छ । यसको उद्देश्य नै लुटपाट गरेर खानु हो ।
अहिलेको घडीमा यिनीहरूको उदाहरण किन दिन परेको भने हाम्रो मुलुकमा पनि आजभोलि धेरै मानिस यिनीहरू जस्तै लाग्छन् । धेरैजसो मानिस कडा परिश्रम गर्दैनन्, चाकडी गरेर दुई नम्बरको काम समातेर कमिशन खाएर कालो बजारी आदि गरेर रुपैयाँ कमाउने उद्देश्य लिइरहेका हुन्छन् । हामी राज्यलाई सधैं गाली गर्छौ तर यस्ता खराब संस्कारलाई मेटाउन सकिराखेका छैनौं । यस्ता कुसंस्कारलाई फेर्न कानून, समाज र युवापुस्तालाई बदल्नु जरुरी छ । आफू नबदलिने संस्कारले मुलुक दिन प्रतिदिन पछि परिरहेको छ । शिक्षाको कमीले यसो भएको हो त ? जब हामी दालभात र तरकारी खान्छौं यिनमा कहिलेकाहीँ के नपुगे के नपुगे सरह लाग्छ र खाना नमिठो हुन्छ । अहिले हाम्रो मुलुकको हालत पनि यस्तै छ । लोकतन्त्रको आगमनपश्चात् मुलुकको राजनीतिक मुहार फेरिए पनि भ्रष्टाचार, गरीबी, अन्धविश्वास जस्ता कुरामा परिवर्तन आएको छैन । यी नै कारणले नागरिकलाई नरमाइलो एवम् उकुसमुकुस भइराखेको छ । त्यसमाथि कोभिड १९ को महामारीले मानिसहरू डर र तनावमा छन् । निषेधाज्ञामा घरभित्रै उकुसमुकुस भएर बसिरहनु परेको छ । मानिसको हातमा केही छैन । प्रकृतिको हातमा मानिसको भाग्य छ । त्यही प्रकृति पनि कतिबेला रिसाउने हो पत्तो छैन । बाढीपहिरोको अर्को संकटमा मुलुक परेको छ । समस्यामाथि समस्या थपिएको छ तर सरकारले आशा भर्न सकेको छैन । यस्तो समस्यैसमस्याले घेरिएका बेला बेमौसमको बाजा घन्किएसरह मन्त्रीहरू फेरबदल गर्ने, बेला नभई चुनावको घोषणा गर्ने, गिट्टी बालुवाको निकासी गरी चुरे विनाश गर्ने जस्ता कार्य भइरहेका छन् । सरकार समस्याप्रति कति उदासीन रहेछ र जनताका मर्कालाई कति बेवास्ता गर्दो रहेछ भन्ने कुराको प्रमाण हो, यो । सरकारको धेरै निर्णयहरू सामान्य जनताका लागि ‘कागलाई बेल पाक्यो हर्ष न विस्मात्’ भने जस्तो हुने गरेको छ । लोकतन्त्र ल्याउन नेताहरू लडे तर के यस्तै स्वार्थका लागि लड्न र झगडा गर्न उनीहरूले लोकतन्त्र ल्याएका हुन् त ? मन्त्री फेर्ने, कार्यकर्ता पोस्ने, विलासितामा अल्झने, आफन्तलाई लाभको अवसर दिनेजस्ता काममा उनीहरू लागिपरेको देखिन्छ । राजमार्ग बनाउनु, कृषि, उद्योग आदिमा सरकारले लगानी गर्नुजस्ता काम गरेको भए उनीेहरूको बुद्धिमानी देखिन्थ्यो । अनावश्यक कुरामा अल्झिराख्नु, आप्mनो मान्छेलाई ठाउँमा पु¥याउन परिहत्ते गर्नु र तर विकासको दूरदृष्टि नहुनुजस्ता कुरा नै नेताहरूको कमजोरी हो ।
कहिलेकहिले हामी सोच्न बाध्य हुन्छाैं, भगवान्ले देश चलाउनेहरूलाई किन यस्तो बनाएका होलान् ? प्राकृतिक सुन्दरता अन्य स्रोत दिएका भगवान्ले नेताहरूलाई ज्ञान तथा देश बनाउन शक्ति किन नदिएका होलान ? खोपडी नै परिवर्तन हुँदैन भने कसैले चाहेर केही हुनेवाला छैन । समयलाई कुर्नु र नयाँ दक्ष भएका राम्रा व्यक्तिहरूको आगमनको आशा गर्नु सिवाय अरू केही गर्न सकिँदैन ।
नेता तथा देश चलाउनेहरूमा गाडी, घर, बैंक ब्यालेन्सको तृष्णा हुनु र यी सबका लागि गलत कार्य गर्नु हाम्रा लागि अभिशाप बनेको छ । देशमा संघीयता ल्याउनको उद्देश्य हो : गाउँ, पहाड, तराई सबै क्षेत्रको विकास । संघीयतालई एक पक्षले सकारात्मक रूपले हेरिरहेका छन् भने अर्को पक्षले नकारात्मक तवरले हेरिरहेका छन् । सबै नेपालीको चाहना हो मुलुक द्रुत विकासमा जानुप¥यो । प्रदेशहरूमा बाटो तथा पुलहरूको निर्माण हुन सकेको छैन ।
राम्रा स्वाभिमानी बुद्धिजीवीहरू नभएका होइनन् । योग्य व्यक्ति पनि नभएका होइनन् । देशका लागि केही गर्नुपर्छ भन्ने दृष्टिकोण भएका मानिस पनि नभएका होइनन् । तर, उनीहरूले अवसर पाएका छैनन्, केहीले अवसर पाए पनि स्वतन्त्र भएर काम गर्न पाएका छैनन् । यस्ता व्यक्तिहरूलाई स्वतन्त्र भएर काम गर्न दियो भने आफ्नो हैसियत सिद्धिन्छ भन्ने डर उच्च राजनीतिक वृत्तमा पाइन्छ । यसो भएमा आप्mनो इच्छाअनुसार शासन गर्न सकिँदैन भन्ने उनीहरू सोच्छन् । यसैले होला आफ्नो गुुटको विकास गर्न उनीहरू बढी लागिपरेका छन् । बेरोजगारी, गरीबी हटाउन खट्नुभन्दा आसेपासे पोस्न बढी लाग्नुका कारण पनि यही हो । अर्को कुरा यो क्षेत्रमा यही कारणले राम्रा व्यक्ति आउन पनि चाहँदैनन् । भन्ने हो भने हाम्रो मुलुक द्रुत विकासमा जान सर्वप्रथम यहाँ सीमित राम्रा नेता भए पर्याप्त हुन्छ । धेरै नेताहरू हुनु नै यो देशको दुर्भाग्य र विडम्बना मान्न सकिन्छ ।
दलीय भागबन्डा, विवाद आदि कारण पूर्वाधार विकासका कामहरू प्रभावित भएका छन्, अलपत्र परेका छन् । हामीसँग पूँजी स्रोत, युवा जनशक्ति आदि हुँदाहुँदै पनि विकासका काम हुन सकेको छैन । राजनीतिक विवाद धेरै हुनु तथा सरकारको नीति अस्थिर हुनु र दलहरूबीच सधैं कलह भइरहनुजस्ता कारणले समस्याको समाधान हुन नसकेको देखिन्छ । यी समस्या सुल्झाउने काम लोकतन्त्र ल्याउने नेताहरूकै हो ।
समग्रमा भन्नुपर्दा सर्वप्रथम नेताहरू परिवर्तन हुनु जरुरी छ । युवा पुस्ता पनि नेताहरूको पछि नलागी स्वाभिमानी हुनु जरुरी छ । हामी सर्वसाधारण पनि स्वार्थी, अल्लारे, तह लहैलहैमा लाग्ने नभई त्यागी र परिवर्तनको पक्षमा लाग्ने हुन जरुरी छ ।
विकास भनेको ठूलो कुरा मात्रै होइन, सामान्य परिवर्तन र सचेतता पनि विकासको एउटा पाटो हो । उदाहरणका लागि अहिलेको कोभिडको समयलाई लिन सकिन्छ । यस्तो बेला एकअर्कालाई मास्क लगाउन सम्झाउनु, स्वास्थ्य सतर्कता अपनाउन सचेत पार्नुजस्ता कामबाट मानिसको ज्यान जोगाउन सकिन्छ । अटेरी र अबुझ मानिसहरू निकै छन् । तिनलाई सम्झाइबुझाइ गर्न सक्यौ भने पनि अहिलेको महामारी रोक्न नागरिकका तर्फबाट ठूलै मद्दत हुन्छ । यसलाई कम गर्नु भनेको कसैको ज्यान जोगाउनुमात्रै होइन, देशको विकासका लागि साथ दिनु पनि हो । नेताहरूलाई खबरदारी गरौं तर आफ्नो नागरिक कर्तव्य पूरा गर्न पनि नचुकौं ।
रमेश केशरी वैद्य
नेपालको राजनीतिक कलह ‘दैव नै जानून्’ भनिन्छ । संघीय नेपालको अवस्था ‘हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको फोस्रो पात’ भनेजस्तै भइरहेको छ । अहिले नेपालको राजनीतिक अवस्था पनि यस्तै छ । के हाम्रो मुलुक सानो भयो भन्दैमा मन र विचार पनि सानै हुनुपर्छ भन्ने छ र ? तर, देशको जिम्मेवारी सम्हालेका राजनीतिन नेताहरूको सोच सानो कुरामा अड्किएको पाइन्छ । जुँगाको लडाइँमा उनीहरू अलमलिँदा पूरै देशले दुःख पाइरहेको छ । सधैं लडाइँ झगडा र खुट्टा तान्ने संस्कारले यहाँका व्यक्तिहरू वाक्क ब्याक्क भइसकेका छन् । यहाँको राजनीतिक अवस्था कहिल्यै सुध्रेन । खासगरी बहुदलको आगमनपश्चात् नेपालको राजनीति सँग्लो हुन नै पाएको छैन ।
अहिले कोभिड–१९ को समस्याले सर्वसाधारण आकुलव्याकुल भएका छन् । दिनदिनै सुनिने मृत्युका खबरले नागरिक त्रासमा दिन बिताइराखेका छन् । त्यसमाथि निषेधाज्ञा छ । नागरिकले काम गर्न पाएका छैनन् । दैनिक ज्यालामजदूरी गर्नेहरूको दुःख कसले बुभ्mने ? सधैंको राजनीतिक खिचलोले गर्दा सरकारले काम गर्न सकेको छैन । सानातिना कुरामा विवाद गर्ने राजनीतिक दलहरूप्रति जनतामा वितृष्णा उत्पन्न भएको छ । राजनीतिक अवस्थाले यहाँका व्यक्तिहरूको दिमागले काम गर्न छोडिसकेको जस्तो देखिन्छ ।
लोकतन्त्रका लागि लामो संघर्ष गरेका नेताहरू अहिले सत्ताका लागि छिनाझपटी गरिरहेको देख्दा अचम्म लाग्छ । पञ्चायत कालमा कैयौं धम्की र प्रलोभन पचाएका नेताहरू अहिले पूरै बिग्रइसकेका छन् । ठूलो आदर्श र सपनाका लागि उनीहरू लडेका थिए तर अहिले जनताले पाएका दुःख र उनीहरूको निराशामा नेताहरूलाई कुनै मतलब छैन । राजनीतिक किचलोमा नै दशकौं बितिसकेको छ । स्थायित्व होला र विकास होला भन्ने जनताको सपना खेर गइरहेको छ । हर समय यही प्रक्रिया रहिरहने हो भने हामीले के सोच्ने ? आफूआफू नमिल्ने अनि अरूलाई दोष लगाउने प्रवृत्ति यहाँका नेताहरूमा छ । त्यसैले शक्ति राष्ट्रहरूले यहाँ नेताहरूलाई वास्ता पनि गर्दैनन्, पत्याउँदा पनि पत्याउँदैनन् । यी झगडालु, स्वार्थी र लालची बनेको सोच आम मानिसमा पाइन्छ । कार्यकर्ता पनि त्यस्तै छन् । नेताका हरेक कुरामा सही थाप्ने र नराम्रोलाई पनि राम्रो भन्ने प्रवृत्ति छ । नेता र कार्यकर्ता दुवैका यस्तो सोच र प्रवृत्तिमा परिवर्तन आउन जरुरी छ ।
हामी जनतालाई नेताहरूको छिनछिनमा कुरा फेरिरहने दल फेरिरहने तथा अर्कालाई गाली गरिरहने बानी मन परेको छैन । वास्तवमा भन्ने हो भने हाम्रो देशमा अशिक्षित र सोझा समाजमात्र होइन यहाँ राम्राराम्रा बुद्धिजीवीहरू पनि छन् । असल मानिस पनि थुप्रै छन् । केही नेता पनि असल छन् तर तिनले काम गर्ने मौका पाएका छैनन् । पाए पनि बूढा नेताहरूको खटनपटनमा चल्नु परेको छ जसले गर्दा उनीहरूले पनि राम्ररी काम गर्न सकेका छैनन् ।
यो देशमा थरीथरीका बुद्धिजीवीहरू छन् । कोही खण्डन र दोषारोपन मात्र गर्ने खालका छन् । आफू केही योगदान पनि नगर्ने अनि अर्काको कुरा काट्ने बुद्धिजीवी यस देशका लागि समस्या नै हुन् । जबसम्म यस्ता बुद्धिजीवीहरू सही काम र कुरो गर्दैनन् तबसम्म खराब नेताहरू हावी भइरहनेछन् ।
नेपालको राजनीति पनि बुझ्नै नसकिने खालको छ । सानो देशमा धेरै नेताले गर्दा जनताले दुःख भोग्नु परिराखेको छ । सत्ता र कुर्सी पायो भने जे पनि गर्न तयार हुन्छन् यहाँका देश चलाउनेहरू ।
यसमा हामी जनताको पनि दोष छ । कोहि मासु भातका लागि चम्चा हुन रुचाउनेहरू छन् । कोही आफ्नो परिवारबाहेक अरू केही मतलब राख्दैनन् । कोही भने पैसा आयो भने हरेक गलत काम गर्न पनि पछि हट्दैनन् । यस्ता व्यक्ति धेरै भएकाले राम्रा मानिसहरूले दुःख पाइराखेका छन् ।
कोभिड १९ जस्ता रोगले संसार त्रस्त छ । हाम्रो देशमा पनि दुःखद भयावह अवस्था आइरहेको छ । तर, मानिसहरू नडराउने, परिवर्तन हुन नचाहने संस्कारका कारण कोरोना संक्रमण बढी फैलिएको हो । यस्तो बेलामा सरकार भनौं नेता भनौं, देश चलाउने भनौं, सरकारी स्वास्थ्य कार्यालय तथा चिकित्सक भनौं यिनीहरूको काम जनताको स्वास्थ्यको रक्षा गर्ने हो । यिनीहरूले कामै नगरेका होइनन् तर प्रभावकारी काम छैन । जिम्मेवारी पूरा गर्नुभन्दा पनि काम गरी टोपल्ने प्रवृत्ति छ । अर्थात् देखावटी गर्ने चलन छ ।
देशमा कोभिड–१९ को महामारीमा सुधार नहुनुका केही कारण छन् । शुरूमा कोभिड –१९ को महामरीका लागि कसरी हामी बच्ने भनेर सरकारले पहिला नै बुद्धि पुर्याउन सकेन । यसबारे योजना बनाउन पनि सकेन । चिकित्सकहरूले पनि सरकारलाई सुझाव दिन सकेनन् । सरकारले शुरूदेखि भारततर्पmको सीमा कडा गरेको भए, मास्क नलगाउने व्यक्तिलाई कडा गरेको भए संक्रमण यति भयावह हुँदैनथ्यो । अन्त्यमा हामी यति मात्र भन्न सक्छाैं कि सरकारले भारतबाट आउने व्यक्तिहरूलाई बोर्डरमा कडी कडाउ गर्नुपर्छ । मास्क नलगाउनेलाई मास्क लगाउन बाध्य नै पार्नुपर्छ । केही व्यक्तिले भ्याक्सिन लिइसकेका छन् । धेरैले भ्याक्सिन लिन पाइराखेका छैन् । यस्तो बेला सरकारको काम भनेकै सकेसम्म धेरैलाई भ्याक्सिन लगाउने हो । तर, भ्याक्सिन ल्याउन सरकारको पहल पुगेको छैन । यसका लागि सरकारले जसरी भए पनि रकमहरूको तहबह मिलाउनुपर्छ । त्यसैले सरकार र राजनीतिक नेताहरू कुकुर बिरालोको लडाइँ छोडी प्रतिपक्षसहित सबै पक्ष र निकाय गम्ीभर हुनुपर्छ । यसबाहेक देशमा रहेका सबै बुद्धिजीवी पनि यसप्रति अग्रसर हुनुपर्छ । अन्यथा हामीले यति मात्र भन्न सक्छौं कि यो देशमा अब ब्याट्री सिद्धिएका बुद्धिजीवी मात्र छन्, जुन दुःखलाग्दो कुरा हो । अर्को एउटा कुरा डबल मास्क लगाउन, व्यायाम गर्न खुराक तथा आत्मबल बढाउन सिकाउनुपर्छ । यसले पनि कोभिडको सम्भावना कम हुन सक्छ ।
रमेशकेशरी वैद्य
टेकराज पन्थी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गरी ट्रिपल म्युटेन्टको कोरोना नेपालमा प्रवेश गरेको प्रमाणित गरेको छ। हरेक पटक रूप परिवर्तन गरी भाइरस फैलिरहेको छ।
महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस कोभिड १९ को नयाँ स्वरूपका कारण विश्व नैं अहिले जटिल मोडमा पुगेको छ। कोरोना सङ्क्रमणले विज्ञानलाई नै चुनौती दिइरहेको छ। दिन प्रतिदिन लाखौँ मानिसहरूले ज्यान गुमाइरहेका छन्।
कोरोना सकियो, नेपालीको एम्युनिटी पावर अर्थात् प्रतिरोधी शक्ति बढी छ केही हुँदैन भन्ने सोच अत्यन्त गलत प्रमाणित भइसकेको छ।...
३१ डिसेम्बर २०१९ बाट चीनको वुहानमा देखापरेको कोरोना भाइरस (कोभिड १९) को त्रास अहिले सर्वव्यापी भएको छ । शक्ति राष्ट्रहरु समेत यसको त्रासमा भएका बेला विकासोन्मुख देशमा चिन्ता हुनु अस्वाभाविक होइन । यो भाइरसको औषधि पत्ता लागिनसकेको अवस्थामा सामाजिक सञ्जालमा गरिएका टिप्पणीहरुले जनजीवन अझ त्रसित बनाएको छ । यद्यपि नेपालमा अहिलेसम्म यो भाइरस फेला परेको पुष्टि भएको छैन तथापि कोरोना भाइरसको मनोवैज्ञानिक आतङ्कले दैनिक उपभोग्य वस्तुमा समेत कृत्रिम अभाव सिर्जना गर्ने दुस्प्रयास गलत व्यापारीहरुले गरेका छन् । भाइरस नेपाल नछिर्दै यत्तिको आतङ्क छ भने भित्रियो भने झन के हालत होला ? कोरोनालाई नेपाल छिर्न नदिने र छिरिहालेमा त्यससँग सामना गर्ने नेपाल सरकारको तयारी के कस्तो छ ? मुलतः यो विषय अनि स्वास्थ्य क्षेत्रमा विषयमा आजको गोरखापत्र संवाद स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाल सँग छ । संवादको सम्पादित अंश ः