टेक्सास स्कूल आक्रमण: बच्चाहरूको गुहारको बाबजुद ढिलो पुग्यो पुलिस

टेक्सास स्कूल आक्रमणको अनुसन्धानमा संलग्न शीर्ष सुरक्षा अधिकारीले उभल्दे शहरको रोब इलिमेन्टरी स्कूलमा भएको आक्रमणको जवाफ दिन प्रहरीले गल्ती गरेको बताए। आक्रमणकारीले विद्यालयभित्र गोली चलाउँदा प्रहरीले तत्काल कक्षाकोठाभित्र पसेर रोक्न नसकेको उनले बताएका हुन् । मंगलबार भएको उक्त आक्रमणमा २१ जनाको मृत्यु भएको थियो । जसमध्ये १९ बालबालिका र अधिकांश पाँचदेखि सात वर्षका थिए । शीर्ष प्रहरी अधिकारी स्टिभन म्याक्रोले शुक्रबार पत्रकार सम्मेलनमा भने, 'यदि मलाई यो सहयोगी हुनेछ जस्तो लाग्छ भने म