हेटौंडा : हेटौडा उपमहानगरपालिकाले हेटौंडा–१० मा कम्प्लेक्स निर्माणका लागि तयार भएको करिब ६६ करोड विस्तृत परियोजना प्रतिवेदन स्वीकृत गर्ने निर्णय गरेको छ। बुधबारको कार्यपालिका हेटौंडा उपमहानगरको योजनाअन्तर्गत नगरविकास ऋण लिई निर्माण गर्न कम्प्लेक्सको डिपिआर निर्णय गरेको हो।कार्यपालिका बैठकले गरेको निर्णय सार्वजनिक गर्दै नगरको गौरवको आयोजनाका रूपमा कम्प्लेक्स निर्माणलाई अघि सारेको जनाइएको छ। कार्यतालिका अनुसार बुधबार बिहान बसेको कार्यपालिका बैठकको निर्णय सार्वजनिक गरिएको हो। कार्यपालिका बैठक
हेटौंडा । गत असोज २२ गते दुईवटा विधेयक पारित गरेर अनिश्चितकालको लागि स्थगित भएको बागमती प्रदेशसभा बैठक दुई महिना बितिसक्दा पनि बस्न सकेको छैन । सरकारले अनिश्चितकालको लागि स्थगित गरेको प्रदेशसभा बैठकको बर्खे अधिवेशन सकिएको निर्णय गर्दै प्रदेश प्रमुख यादवचन्द्र शर्मालाई पत्राचार गरेपछि शर्माले असोज २३ मा नै अधिवेशनको अन्त्य गरिएको सूचना जारी गरेका थिए […]
हेटौंडा : नेकपा एमालेले बागमती प्रदेशमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्र समन्वय कमिटी गठन गर्ने भएको छ। सोमबार बसेको एमाले बागमती प्रदेश कमिटीको बैठकले प्रदेशका ३३ प्रतिनिधिसभा र ६६ प्रदेशसभा निर्वाचन क्षेत्रमा समन्वय कमिटी गठन गर्ने निर्णय गरेको हो।एमाले बागमती प्रदेश कमिटीका उपसचिव तथा प्रचार विभागका प्रमुख महेश बर्ताैलाका अनुसार उक्त निर्वाचन क्षेत्र समन्वय कमिटीले पार्टी केन्द्रीय कमिटीकाे मापदण्ड र सीमाभित्र रहेर उम्मेदवारको नाम सिफारिश गर्नुपर्ने छ।उक्त सिफारिसका ला
हेटौंडा : हेटौंडा उपमहानगरपालिकाले बिहान १० बजेको लागि तोकेको ११ औ नगरसभा अझै सुरु हुन सकेको छैन।बैठक सञ्चालन कार्यविधि संशोधनको माग राख्दै नेकपा एमालेबाट निर्वाचित जनप्रतिनीधिहरुले उपस्थिति पुस्तिकामा हस्ताक्षर नगर्दा नगरसभा सुरु हुन नसकेको हो।असार ७ गते बसेको कार्यपालिका बैठकमा एमालेले उक्त प्रस्ताव गरेको थियो। आफूले गरेको प्रस्तावलाई मेयरसहित अन्य जनप्रतिनीधिे अस्विकार गरेपछि एमालेको बहुमत प्रतिनीधिहरु बैठकबाट बाहिरिएका थिए। एमालेले संशोधन गर्न गरेको प्रस्तावमा बैठकको निर्णय सामान्यतया सर्वसम
हेटौंडा : बागमती प्रदेश सरकारको टुक्रे योजनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय हेटौंडामा उजुरी परेको छ।स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत ५ लाखका टुक्रे योजना वितरण गरेको भन्दै प्रदेश सरकारविरुद्ध अख्तियारमा उजुरी परेको हो। फागुन ६ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयले बजेट रकमान्तर गर्दै ५ लाखका २ हजार २ सय ९९ सय टुक्रे योजना बागमती प्रदेश सरकारले ल्याएको थियो।संविधानको धारा २३२ विपरीत स्थानीय तहलाई छलेर उपभोक्ता समितिमार्फत विकास निर्माणको काम अघि बढाउने
हेटौंडा : बागमती प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गरिएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको आठौं अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो। संविधानको धारा १८३ को उपधारा २ बमोजिम शुक्रबार राति १२ बजेबाट आठौं अधिवेशन अन्त्य गर्ने निर्णय भएको मुख्यमन्त्री कार्यालयले जनाएको छ ।जेठ १६ गतेबाट सुरु भएको आठौं तथा बर्षे अधिवेशन मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार प्रदेश प्रमुख यादवचन्द्र शर्माले अन्त्य गरेको प्रदेशसभाका सचिव कृष्णहरी खड्काले जानकारी दिए । आठौं अधिवेशनमा बागमती प्र
न्युज अफ नेपाल, हेटौंडा । अतिप्रभावित’ को सूचीमा नपरेर सबै क्षेत्र निर्वाध खुला रहेको र स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेको नदेखिएको बागमती प्रदेशको राजधानी हेटौंडामा कोरोना संक्रमणको दर बढ्न थालेपछि रेष्टुराँ/बार तथा लोकदोहोरी सा“झलगायत व्यबसाय बेलुका ९ बजेसम्ममात्र खोल्न आग्रह गरिएको छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको सभाध्यक्षतामा बसेको डीसीएमसी बैठकको यस्तो निर्णय […]
बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगर र पश्चिम मकवानपुरको मनहरी गाउँपालिकामा पर्ने पूर्व–पश्चिम(महेन्द्र) राजमार्गको दायाँ–बायाँ पाँच–पाँच सय मिटर क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकको सिफारिसको आधारमा जिल्ला सुरक्षा समिति मकवानपुरको सोमबार बसेको बैठकले कोरोना भाइरसको सङ्क्रमण समुदायस्तरमै फैलन सक्ने जोखिम देखिएको भन्दै यस्तो निर्णय गरेको हो।