कांग्रेस उपसभापति पूर्णबहादुर खड्काले विभिन्न तहमा निर्वाचित जनप्रतिनिधि र पार्टी कार्यकर्ताबीच सुमधुर सम्बन्ध हुनुपर्ने बताएका छन् । पार्टीको चुनाव चिह्न लिएर निर्वाचित भएका जनप्रतिनिधिले नै पार्टीलाई बिर्सन थालेको अनुभूति हुँदै गएको बताउँदै खड्काले पार्टी विधानमा व्यवस्था भएअनुसार जनप्रतिनिधि र पार्टी प्रतिनिधिबीच नियमित छलफल र बैठक बस्नुपर्ने आवश्यकता रहेको बताए ।