हामीले बिर्सिएको प्राङ्गारिक पदार्थको महत्त्व

खाद्यान्नको सुरुवात माटोबाट हुन्छ अनि हाम्रो खानामा हुने पोषणको गुणस्तर सिधै माटोको गुणस्तर र स्वास्थ्यसँग जोडिएको हुन्छ । कुनै पनि बिरुवाको वृद्धि र विकासको लागि, रासायनिक तत्वहरु आवश्यक पर्छ । जसमध्ये १८ तत्वहरु अति आवश्यक तत्व हुन् । यी नभइ नहुने तत्वहरुलाई बिरुवाहरूले दुई फरक वातावरण, जस्तै माटो र हावाबाट प्राप्त गर्छ । जसमध्ये पन्ध्र वटा तत्व माटोले उपलब्ध गराउँछ भने अन्य तीनवटा (कार्बन, हाइड्रोजन र अक्सिजन) बोटबिरुवाहरुले प्रकाश संश्लेषणको प्रकृयाबाट हावा र वायुमण्डलबाट लिने गर्छ । पशुमा आधारित खानाबाट पाइने पौष्ट...