-भुवन कार्कीसवारी दुर्घटना कम गर्ने उद्देश्यले लुम्बिनी प्रदेशमा ट्राफिक प्रहरीले ‘राडर गन’ (गति मापन गर्ने डिजिटल यन्त्र) प्रयोग गर्न थालेको छ । धेरैजसो दुर्घटना तीव्र गति (ओभर स्पीड) का कारणले हुने भएकाले त्यसलाई न्यूनीकरण गर्न राडर गन प्रयोगमा ल्याइएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।लुम्बिनी प्रदेश ट्राफिक प्रहरीसँग यसअघि एउटा मात्र राडर गन थियो र यसको खासै प्रयोग गरिँदैनथ्यो । तर गत आर्थिक वर्षको अन्तिममा प्रदेश ट्राफिक प्रहरी कार्यालयले थप दुई थान नयाँ राडर