राष्ट्रपतिबाट फिर्ता भएको नागरिकता विधेयकको सन्देश राष्ट्रियसभामा टेबुल

काठमाडौँ- राष्ट्रियसभामा राष्ट्रपति विद्यादेवी भण्डारीबाट फिर्ता भएको नागरिकता विधेयकको सन्देश टेबुल भएको छ। आइतबार बसेको बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले राष्ट्रपतिबाट पुनर्विचारका लागि फिर्ता भएको नागरिकता विधेयकका सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देशबारे जानकारी गराएका हुन्। आइतबार राष्ट्रियसभामा फिर्ता विधेयकबारे जानकारी गराएकाले अब अर्को बैठकमा छलफल हुन सक्छ। राष्ट्रपतिबाट फिर्ता भएको विधेयक प्रतिनिधिसभाबाट २ भदौमा हुबहु पारित […]

सम्बन्धित सामग्री

राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाउनुभएको छ । राष्ट्रपति भण्डारीले संघीय संसदबाट पारित भएको नागरिकता विधेयक फिर्ता पठाउनुभएको हो । उक्त विधेयकमा संघीय संसदले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले प्रतिनिधिसभामा फिर्ता पठाएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले आइतबार साँझ प्रेस विज्ञप्ति जारी गरी जानकारी दिनुभयो । प्रतिनिधिसभा र राष्ट्रिय सभाले जन्मका आधारमा […]

राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक फिर्ता पठाएकी छन् । उक्त विधेयकमा संघीय संसद्ले पुनर्विचार गर्न आवश्यक भएकाले राष्ट्रपतिले फिर्ता पठाएको राष्ट्रपति कार्यालयले जनाएको छ ।  कार्यालयले भर्खरै प्रेस विज्ञप्ति जारी गरी...

नागरिकता विधेयक प्रतिनिधिसभाबाट फिर्ता

विगत चार वर्षदेखि संसदमा अड्किएको नागरिकता विधेयक अन्ततः फिर्ता भएको छ। संसदमा २०७५ साल साउन २२ गतेदेखि विचाराधीन नागरिकता ऐन संशोधन विधेयक फिर्ता भएको हो।...

विचाराधीन नागरिकता विधेयक फिर्ता

काठमाडौँ । संसद्मा २०७५ साल साउन २२ गतेदेखि विचाराधीन नागरिकता ऐन संशोधन विधेयक फिर्ता भएको छ । शुक्रवारको प्रतिनिधि सभा बैठक गृहमन्त्री वालकृष्ण खाँणले मन्त्रिपरिषद्को निर्णयअनुसार विचाराधीन नागरिकता विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गरे ।

नागरिकता विधेयक संसदबाट फिर्ता

काठमाडौँ – संसदमा विचारधीन नागरिकता विधेयक फिर्ता भएको छ। सरकारको प्रस्तावमा शुक्रबार प्रतिनिधिसभाले नागरिकता विधेयक फिर्ता लिने प्रस्तावलाई स्वीकृत गरेको हो। संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दुई वर्ष छलफल गरेर प्रतिवेदन संसदमा पेश गरे पनि सरकारले त्यसलाई पारित गर्नुको साटो फिर्ता लिएको हो। नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ अधिकांश विषयमा सहमति भए पनि […]

नागरिकता विधेयक फिर्ता

काठमाडौँ– नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिइएको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिने प्रस्तावलाई स्वीकृत गरेको हो ।  सरकारको नागरिकता विधेयक फिर्ता लिने निर्णयअनुसार बैठकमा गृहमन्त्री बालकृष्ण खाणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५ फिर्ता लिने प्रस्ताव पेस गरेका थिए ।  उक्त प्रस्तावमाथि विरोधको सूचना […]

प्रतिनिधिसभा बैठक : नागरिकता विधेयक फिर्ता लिइँदै

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (शुक्रबार) बस्दै छ । दिउँसो २ बजे बस्ने बैठकबाट नागरिकता विधेयक फिर्ता लिने तयारी सरकारको छ । गृहमन्त्री बालकृष्ण खाँणले ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७५’ फिर्ता लिने सम्भावित कार्यसूची छ । मन्त्रिपरिषद्को बैठकले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको थियो ।

‘नागरिकता विधेयक फिर्ता ल्याएर राष्ट्रिय सहमतिमा पास गर्नुपर्छ’

काठमाडौँ,२३ असार । नेकपा (एमाले) का राष्ट्रियसभाका प्रमुख सचेतक खिमलाल भट्टराइले नागरिकता विधेयक फिर्ता गरेकोप्रति आपत्ति जनाउँदै फिर्ता ल्याएर पास गर्न माग गरेका छन् । राष्ट्रियसभाको आजको विशेष समयमा उनले उक्त विधेयक बनाउनका लागि दुई वर्षसम्म करोडौँको लगानी गरेर नागरिकता विधेयक फिर्ता गर्नु आपत्तिजनक भएको बताए । “नागरिकता विधेयक समितिबाट पास भएर राष्ट्रियसभामा पनि आउँछ […]

संसद्मा दर्ता भएको नागरिकता विधेयक फिर्ता

सरकारले नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको छ । प्रतिनिधिसभामा दर्ता भएको नागरिक विधेयक चार वर्षपछि सरकारले फिर्ता लिने निर्णय गरेको हो ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्रतिनिधिसभामा रहेको नागरिकता विधेयक फिर्ता लिने निर्णय गरेको हो । विधेयकमा रहेका विवादित विषय झिकेर थप व्यवस्थित र सुदृढ बनाएर फेरि प्रतिनिधिसभामा पेश गर्ने तयारी सरकारको छ ।नागरिकता विधेयक […]

नागरिकता विधेयक फिर्ता लिने मन्त्रिपरिषद बैठकको निर्णय

सरकारले प्रतिनिधिसभामा पुगेको नागरिकता विधेयक फिर्ता लिएर संशोधित विधेयक दर्ता गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले यसअघि संसदमा दर्ता भएको नागरिकता विधेयक फिर्ता लिएर अर्को विधेयक दर्ता गर्ने निर्णय गरेको हो । ‘प्रतिनिधिसभामा विचाराधीन नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता लिने निर्णय भएको छ । संशोधित विधेयक बुधबार पेश हुन्छ’, एक मन्त्रीले रातोपाटीसँग भने, ‘केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ साउन २२ मा प्रतिनिधिसभामा नागरिकता विधेयक