सत्ता राजनीतिमा ‘बहुचर्चित’ लुम्बिनी प्रदेश फेरि एक पटक गर्माएको छ । विपक्षी गठबन्धनले तेस्रो पटक अविश्वासको प्रस्ताव दर्ता गर्दैगर्दा विशेष अधिवेशन आह्वान भइसकेको छ । पटक पटक धरापमा पर्दा पनि ‘पद’ जोगाउन सकेका मुख्यमन्त्री शंकर पोखरेल अब भने कुनै नाटकीय परिवर्तन भएन भने ‘विलखबन्द’मा पर्ने करिब निश्चित जस्तै छ ।