सिरिजंघामा पहिरोले पुर्दा दुईजनाको मृत्यु, वर्षाले सिदिङ्वाका विद्यालय बन्द

काठमाडौं :  ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङमा पहिरोमा पुरिएर दुई महिलाको शव फेला परेको छ।वर्षासँगै गएराति करिब साढे ८ बजे झरेको पहिरोले स्थानीय विष्णु अधिकारीको घर पुरिएको थियो। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डिएसपी कैलाश राईले पहिरोमा पुरिएका विष्णुकी आमा तुलसा र श्रीमती यशोदाको शव भेटिएको जानकारी दिए।विष्णु भने भागेर ज्यान जोगाउन सफल भएको प्रहरीले जनाएको छ। पहिरोले अधिकारीका दुईवटै घर बगाएको छ भने पशुचौपायासमेत पुरेको बताइएको छ। घटनाको थप विवरण आ