जेठ १५, काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ८ प्रतिशत आर्थिक वृद्धि गर्ने लक्ष्य लिएको बताएको छ ।
अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९/ ८० को बजेट प्रस्तुुत गर्दै यस्तो बताएका हुन् ।
त्यस्तै नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिमा ७ प्रतिशत मुद्रा स्फिती कायम राख्ने पनि उनले बताए ।