काठमाडौँ– नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना भएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने सिलसिलमा न्युयोर्कमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल र सेनेगलका परराष्ट्रमन्त्री शेख नियाङले कूटनीतिक सम्बन्ध स्थापना गर्नेसम्बन्धी संयुक्त विज्ञप्तिमा आज हस्ताक्षर गरेको परराष्ट्रमन्त्रीको निजी सचिवालयले जनाएको छ । त्यसअघि दुवै मन्त्रीबीच भेटवार्ता भएको थियो । उनले पारस्परिक हितका विविध विषयमा विचारविमर्श […]