नेपाल प्रहरीमा ५ एआईजीको दरबन्दी थपिँदै

सरकारले नेपाल प्रहरीमा ५ जना प्रहरी अतिरिक्त महानिरीक्षकको दरबन्दी थप गर्ने भएको छ । नेपाल प्रहरीमा एआईजीका लागि तीव्र लबिङ भएपछि ५ जना नयाँ एआईजीको दरबन्दी थप गर्न लागिएको हो ।गृहमन्त्री बालकृष्ण खाँणले एआईजी दरबन्दी थपका लागि मन्त्रालयबाट नै फाइल बनाएर मन्त्रिपरिषद्मा लगेकाले अबको केही दिनमा नै नयाँ दरबन्दी थपको निर्णय हुने बताइएको छ । नयाँ दरबन्दी थप गर्दा राज्यलाई ठूलो व्ययभार पर्ने भए पनि सत्ता साझेदार दलबीच दरबन्दी थपका लागि सहमति भएकाले अर्थ मन्त्रालयले सहमति दिइसकेको बताइएको छ । नेपाल प्