करिब डेढ वर्षदेखि सुस्त बनेको मुलुकको अर्थतन्त्रमा अहिलेसम्म सुधार आउन नसकेको बेला उच्चपदस्थ सरकारी अधिकारीहरूबाट भने भिन्दाभिन्दै धारणा सार्वजनिक भएको छ । राजधानीमा बुधबार भएका दुई भिन्नभिन्न कार्यक्रममा सरकारी अधिकारीहरूले अर्थतन्त्रको अहिलेको अवस्थाबारे फरक–फरक धारणा राखे । प्रधानमन्त्री पुष्पकमल दाहालले आयोजना गरेको चालु बजेट कार्यान्वयन विषयक कार्यक्रममा प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेले सबै मन्त्रालयको रिपोर्ट […]