प्रचण्डका ज्वाइँ नै मन्त्रीको लबिङमा लागेपछि माओवादीमा विवाद

विराटनगर : प्रदेश १ मा नवनिर्वाचित प्रदेश सांसदहरूलाई ११ गते जेष्ठ सदस्य गयानन्द मण्डलले शपथ ग्रहण गराए। शपथ ग्रहणपश्चात प्रदेशसभाको प्रांगणमा सबै सांसदलाई पत्रकारको एक हुलले घेरा हाले। ती सांसदमध्ये कोही दोहोरिएका थिए त कोही पहिलो पटक संसदीय यात्रा आरम्भ गर्ने थिए।पहिलो पटक संसदीय यात्रा तय गर्नेमध्ये माओवादी केन्द्रको तर्फबाट मोरङ निर्वाचन क्षेत्र ६ (क) बाट निर्वाचित जीवन आचार्य पनि एक थिए। संसदमा नयाँ अनुहार भएकैले पनि केही सञ्चारकर्मीको ध्यान आचार्यतर्फ मोडिएको

सम्बन्धित सामग्री

अर्थमन्त्रीज्यू , पुँजीबजारमा मलमपट्टी लिएर निस्कने कि तरबार ?

सम्माननिय अर्थमन्त्रीज्यू नमस्कार, तपाईं अर्थमन्त्री हुनुभएको दिन अरुजस्तै म पनि देशले विज्ञ अर्थमन्त्री पाएकोमा खुशी भएको थिएँ ! आशा थियो, वाम गठबन्धनको सरकारसँगै विज्ञ अर्थमन्त्री देशले पाएको छ, अब अर्थतन्त्र पनि सही दिशामा हिँड्ने छ, पुँजी बजार उदयमान हुनेछ ! धेरैको अनुमान थियो, चमत्कार गर्नुहुनेछ । म पनि ढुक्क थिएँ, तर आज म गलत सावित भएकी छु । केही महिनादेखि निरन्तर ओरालो लागेको पुँजी बजारमा घटबढ हुने सामान्य प्रक्रिया नै हो । र, पुँजी बजारको व्यूटी पनि यही हो ! भन्नेहरुको पनि पुँजी बजारमा कमी छैन । तर यसो हुँदै गर्दा यहाँहरुलाई विपक्षले लगाएको दाग वामपन्थी भनेका पुँजी बजारका लागि अभिश्राप नै हुन् भन्ने कुरा पनि अछुतो रहेन है ? निरन्तर ओरालो लाग्दा विशेष गरी सानानयाँ लगानीकर्ता निकै चेपुवामा पर्ने गरेका छन् ! डा. साव जिम्मेवार व्यक्तिले सम्वेदनशील क्षेत्रको बारेमा असम्वेदनशील कुरा गरिदिँदा त्यसको कति गम्भीर असर पर्दोरहेछ भन्ने कुरा नेपालको पुँजी बजारले देखाइसक्यो ! यस्ता असान्दर्भिक तर्कले डुब्ने त आखिर साना लगानिकर्ता नै हुन ! उनीहरुको पीडाको कतैबाट पनि सुनुवाइ हुन सकेको छैन । हाम्रो बजारमा पछिल्लो समय साना लगानीकर्ता र गृहिणीहरुको ठूलो समूह प्रवेश भएको छ । सेयर बजारमा लगानी गर्ने सबै करोडौंका मालिक हुँदैनन् । यहाँ कयौं गृहिणीहरुले आफूले नखाएर, ५० लाख युवाहरू आज पनि विदेशमा रगतपसिना बगाएर, कैयौंले घरजग्गा धितो राखेर लगानी गरेका छन् ! अझ भनाैं हामी जस्ता युवाको बजारमा लगानी गरी नेपालमै केही गरौं भन्ने सोचका साथ विदेश मोह नै हराएको देख्दा मेरो मन रोमान्चित भएर ऑउछ ! दैनिक घरायशी खर्च कटाएर सेयर बजारमा लगानी गरेका उनीहरुको अवस्था झन् निकै दयनीय बन्दै गएको देखिन्छ । यस्तै भइरहे त धेरै जनाले आत्महत्या गर्न बेर छैन यसको सारा दोष तपार्इं र तपार्इंकाे पार्टीमा लाग्न सक्छ ! रिसानी माफ गर्नुस् । सत्य बोल्ने साहस गर्नैपर्छ । मेलै सेयर बजारलाई नै बढाइदिनु पर्यो भन्दै लेखेको आरोप लाउनु सक्नुहुन्छ तर डा. साव लाई मैले सेयर वजार वढाउनु पर्छ भन्न खोजेकी हुँदै हैन है ! दुई मन्त्री दुई थरी कुरा ( अर्थ र उर्जा ) किन गरिन्छ ? एक मन्त्रीको अभिव्यक्ती अनुत्पादक क्षेत्र भन्ने आउँछ भने अर्को मन्त्री भन्छन् तपार्इंसंग सेयर छ भने ज्वाइँ बनाउनेको लर्को लाग्छन ! अर्थ मन्त्रीज्यू, विश्वकै महँगो व्रोकर कमिसन घटाउन तिर खोइ पहल गर्नुभएको ? कमिसन लाई ०.१०% देखी ०.१५% ( हुनत यो पनि महँगो नै हो ) सम्म गरिने छ भनेर बजेटमार्फत सम्वोधन गरिदिनुस् । राष्ट्र बैंकको अकर्मण्यताले गर्दाआज हामीले पुरपुरोमा हात लगाउनु परेको छ । ७७ जिल्लाका नगरिक के नेपाली होइनन् ? तिनको खोइ पुँजी बजारमा पँहुच ? तपाईंले लगानिकर्ताका प्रतिनिधिसँगकाे भेटमा “सबै नेपालीको सेयरमा लगानी होस् , एक दुईवटा वण्ड पेपर घरमा होस् , केही रकम …