थप १६४० जनामा कोरोना संक्रमण पुष्टि, २१६१ जना संक्रमणमुक्त

भदौ २३ , काठमाडौं । नेपालमा विगत २४ घण्टामा १ हजार ६४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधवार दिएको जानकारी अनुसार उक्त अवधिमा ९ हजार ७६७ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ३४७  जना र ३ हजार ६८८ जनाको एन्टिजेन परीक्षण गर्दा २९३ गरी १ हजार ६४०  जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ८८९ पुगेको छ । यसैगरी विगत २४ घण्टाको अवधिमा  २ हजार १६१  जना निको भएका छन् ।सो अवधिमा थपिएका संक्रमितसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ७३ हजार ५२९ पुगेको छ ।  नेपालमा हालसम्म ७ लाख ३३ हजार १६१ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् । हाल देशभर सक्रिय संक्रमितको संख्या २९ हजार ४७९ जना रहेको छ । जसमध्ये २७ हजार ६९० जना होम आईसोलेशनमा रहेका छन् भने १ हजार ७८९ जना संस्थागत आईसोलेशनमा रहेका छन् ।  मन्त्रालयका अनुसार संक्रमितमध्ये ४८८ जना आईसीयू र १४० जना भेन्टिलेटरमा उपचाररत् छन् ।मन्त्रालयले हाल १० वर्ष मुनिका २७ जना बालबालिकामा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्षम उमेर समूहका १२८ जनामा कोरोना संक्रमण पुष्टि भएको  जानकारी दिएको छ ।  

सम्बन्धित सामग्री

थप २९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ – नेपालमा पछिल्लो २४ घण्टामा थप २९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । देशभर गरिएको ६ सय १९ पिसिआर परीक्षणका क्रममा २९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । १५ एन्टीजेन परीक्षणका क्रममा भने कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको मन्त्रालयले जनाएको छ । त्यस्तै कोरोनाका कारण थप कसैको पनि […]

राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि

२४ असोज, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । हिजो (आइतबार) राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट राष्ट्रपति भण्डारीलाई कोरोना संक्रमण पुष्टि भएको रिपोर्ट आएको स्रोतले बतायो । चिकित्सकहरुका अनुसार उनको स्वास्थ्यमा अहिले केही सुधार देखिएको छ । राष्ट्रपति भण्डारी अस्वस्थ भएपछि २२ असोजमा त्रिवि शिक्षण अस्पतालमा भर्ना गरेर उपचार थालिएको थियो ।

थप ६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ– नेपालमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  देशभर गरिएको १ हजार ६ सय ९६ पिसिआर परीक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ५ सय ३० एन्टीजेन परीक्षणका क्रममा भने कसैमा पनि कोरोना संक्रमण पुष्टि नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै आइतबार पनि कोरोनाका कारण कसैको मृत्यु भएको […]

दिल्ली क्यापिटल्समा थप दुईलाई कोरोना संक्रमण पुष्टि

५ चैत, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) टिम दिल्ली क्यापिटल्सका थप दुई खेलाडीमा कोरोना संक्रमण पुष्टि भएको छ । एक विदेशी खेलाडीमा कोरोना संक्रमण पुष्टि भए पछि अन्यलाई गरिएको परीक्षणमा दुई खेलाडी र एक टिम सहयोगीलाई कोरोना संक्रमण पुष्टि भएको हो । २६ मार्चमा आईपीएल सुरु भएयता कुनै पनि टिममा कोभिड–१९ को संक्रमण देखिएको […]

कांग्रेस महामन्त्री शर्मालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना संक्रमण पुष्टि भएको छ । महामन्त्री शर्माले आफूसहित सपरिवारलाई यस अघि करिब ८ महिना अघि पनि कोरोना भएको र फेरि कोरोना संक्रमण पुष्टि भएको सामाजिक संजाल ट्वीटर मार्फत बताउनु भएको हो । उहाँ सहित परिवारलाई आज कोरोना संक्रमण पुष्टि भएको हो । विशेष गरी सार्वजनिक कार्यक्रममा सहभागी […]

काठमाडौंका सीडीओ रिजाललाई कोरोना संक्रमण पुष्टि

२६ पुस, काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रजिअ रिजाललाई आज लक्षणसहितको कोरोना संक्रमण पुष्टि भएको पारिवारिक स्रोतले जनायो । ‘सन्चो छैन भन्दै हुनुहुन्थ्यो, तर आज पनि अफिस जानु भएको थियो,’ स्रोतले भन्यो, ‘आजै उहाँको रिपोर्ट पोजेटिभ आएको छ ।’ प्रजिअ रिजाललाई मोबाइलमा फोन गर्दा उनको फोन […]

६६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा ५८ कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म दुई लाख ७४ हजार ७ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप […] The post ६६ जनामा कोरोना संक्रमण पुष्टि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.