नेपालको लागि हिरो मोटर साइकलको आधिकारिक बिक्रेता नेपाल जेनरल मार्केटिङ्गले चाडपर्व लक्षित अफर ल्याएको छ । नेपालीहरुको महान चाड दशैँको उपलक्ष्यमा कम्पनीले “आहा दशैँ चाडपर्वको उमङ्ग हिरो चढी दङ्ग” नामक योजना ल्याएको हो । यस योजना अन्तर्गत हिरो मोटर साइकल तथा स्कुटर किन्ने ग्राहकले रु. ७ हजार ५ सय पक्का डिस्काउन्ट, स्क्रयाच कार्ड मार्फत १ लाख सम्म पाउन सक्नेछन् । यस्तै बम्पर लक्की ड्र मार्फत एक जनाले रु १ लाख नगद पाउने छन् । साथै सबै हिरोका बाइकमा शून्य प्रतिशत डाउन पेमे