जनताको सेवक बन्न नवनिर्वाचित जनप्रतिनिधिलाई कांग्रेस उपसभापति खड्काको निर्देशन

काठमाडौँ- नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नवनिर्वाचित जनप्रतिनिधिलाई मतदाताले दिएको अमूल्य मतलाई दिल र दिमागमा राखेर जनताको सेवक बनी काम गर्न निर्देशन दिएका छन् । कांग्रेस जिल्ला कार्यसमिति काभ्रेपलाञ्चोकले आज बनेपामा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा उपसभापति खड्काले निर्वाचनको बेलामा गरेको बाचालाई सम्झेर काम गर्न आग्रह गरे । “पाँच वर्षपछि पुनः टिकट प्राप्त गर्नेगरी […]