पाटन विमानस्थल छ महिनादेखि बन्द

दुई वर्षअघि ११ करोड रुपियाँ खर्च गरेर कालोपत्रे गरिएको बैतडीको पाटन विमानस्थलमा छ महिनादेखि उडान हुन सकेको छैन । २०७७ असोज १७ गते तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले यो विमानस्थलको उद्घाटन गर्दै बैतडीबाट नियमित हवाई सेवा सञ्चालन हुने आश्वासन दिनुभएको थियो । विमानस्थल कालोपत्रे भएपछि हप्तामा एक पटक धनगढी–बैतडी उडान हुँदै आएको थियो तर छ महिनादेखि उडान ठप्प भएको हो । करिब १७ मिनेटको बैतडी–धनगढी उडानको चार हजार पाँच सय रुपियाँ भाडा लिएर प्रत्येक हप्ताको बिहीबार समिट एयरले उडान भर्दै आएकामा २०७८ चैत १० गते यहाँ अन्तिम पटक उडान भएको थियो । त्यसयता उडान भएको छैन ।

सम्बन्धित सामग्री

दुई महिनादेखि सुकिलुम्बा विमानस्थल बन्द

इलाम नगरपालिका–९ मा रहेको सुकिलुम्बा विमानस्थलबाट दुई महिनायता बन्द भएको छ । करिब तीन महिनाको उडानपछि सेवा बन्द भएको हो । गएको जेठ ६ गतेदेखि बन्द भएको सेवा हालसम्म पनि सञ्चालन हुनसकेको छैन । करिब रु ३० करोडको लागतमा निर्माण गरिएको  विमानस्थलमा विगत दुई महिनादेखि हवाईजहाज उडान हुन नसक्दा यात्रु झापाको भद्रपुर विमानस्थल पुग्न बाध्य भएका छन्। इलाम सदरमुकाम नजिकै निर्माण गरिएको विमानस्थल गत फागुन १ गते उद्घाटन गरी सञ्चालनमा ल्याइएको थियो । उद्घाटनपछि केही समय सातामा दुई पटक उडान गर्द

दुईमहिनादेखि सुकिलुम्बा विमानस्थल बन्द

मङ्गलबारे । इलाम नगरपालिका-९ मा रहेको सुकिलुम्बा विमानस्थलबाट दुई महिनायता बन्द भएको छ । करिब तीन महिनाको उडानपछि सेवा बन्द भएको हो । गएको जेठ ६ गतेदेखि बन्द भएको सेवा हालसम्म पनि सञ्चालन हुनसकेको छैन । करिब ३० करोडको लागतमा निर्माण गरिएको विमानस्थलमा विगत दुई महिनादेखि हवाईजहाज उडान हुन नसक्दा यात्रु झापाको भद्रपुर विमानस्थल पुग्न […]

एक महिनादेखि उडान अवरुद्ध बनेको सुकेटार विमानस्थल

काठमाडौँ । प्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध बनेको छ । निरन्तर वर्षा र तुवाँलोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो । बाक्लो तुँवालो र निरन्तर वर्षाका कारण उडान अवरुद्ध हुन पुगेको नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेसन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए । पछिल्लो केही दिनयता ताप्लेजुङमा निरन्तर वर्षा भइरहेको छ । निरन्तर […]

सुकेटार विमानस्थल एक महिनादेखि अवरुद्ध

काठमाडाैँ- ताप्लेजुङको एकमात्र सुकेटार विमानस्थलमा एक महिनादेखि उडान अवरुद्ध बनेको छ। निरन्तर वर्षा र तुँवालोले गर्दा हवाई उडान अवरुद्ध हुँदै आएको हो। बाक्लो तुँवालो र निरन्तर वर्षाका कारण उडान अवरुद्ध हुन पुगेको नेपाल वायुसेवा निगम ताप्लेजुङका स्टेशन इन्चार्ज लोकेन्द्र लिम्बूले बताए। पछिल्लो केही दिनयता ताप्लेजुङमा निरन्तर वर्षा भइरहेको छ। निरन्तर वर्षा र बादलसँगै प्रतिकूल मौसम […]

आजदेखि सुर्खेत विमानस्थल पुनः सञ्चालनमा

मर्मतका लागि भन्दै एक महिनाअघिदेखि बन्द रहेको सुर्खेत विमानस्थल आजदेखि सञ्चालनमा आएको छ । विमानस्थलको धावनमार्ग मर्मत गर्नुपर्ने भन्दै एक महिनादेखि विमानस्थल बन्द थियो । मर्मतको काम सकिएसँगै विमानस्थल सञ्चालनमा आएको नागरिक उड्डयन कार्यालय सुर्खेतले जानकारी दिएको छ । विमानस्थल सञ्चालन हुने भएपछि आजका लागि वायुसेवा कम्पनीहरूले काठमाडौं–सुर्खेत टिकट बिक्री खुला गरेका छन् । बुद्ध एयरले सुर्खेत–काठमाडौं नियमित उडान गर्दै आएको छ । बुद्धले योबीचमा सुर्खेतको विकल्पमा नेपालगन्जमा एक उडान

हप्ताको चार दिन ताप्लेजुङको सुकेटार विमानस्थल सञ्चालनमा

काठमाडौं। कोभिडको कारण दुई महिनादेखि नियमित उडान बन्द भएको ताप्लेजुङको सुकेटार विमानस्थल सञ्चालनमा आएको छ। आज विमानस्थलमा नेपाल वायुसेवा निगमको जहाज अवतरण भएको हो। हवाईजहाजले ताप्लेजुङबाट १६ जना यात्रु काठमाडौं लिएर आएको छ। निगमले गत सोमबारदेखि नै नियमित उडान सुरु गरेको थियो। सुकेटारमा हप्ताको चार दिन सोमबार, बुधबार, शुक्रबार र शनिबार नियमित उडान हुने सुकेटर विमानस्थल कार्यालयले जनाएको छ।

६ महिनादेखि काठमाडौँमा रोकिएका दुई किर्गिस्तानी हेलिकप्टर फिर्ता

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ६ महिनादेखि रोकिएका दुई किर्गिस्तानी हेलिकप्टर फिर्ता भएका छन् । दुईवटा एमआई–१७ हेलिकप्टर सोमबार काठमाडौँबाट किर्गिस्तान उडेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रतापबाबु तिवारीले रातोपाटीलाई बताए । दिल्ली जाने क्रममा ‘क्रु रेष्ट’का लागी भनेर काठमाडौँ आएका किर्गिस्तानी हेलिकप्टर जनवरी १ देखी त्रिभुवन विमानस्थलमा पार्किङ गरी राखिएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार जनवरी १ मा हेलिक

१५ महिनादेखि विमानस्थल बन्द

रुकुम पश्चिममाको चौरजहारी विमानस्थल विगत १५ महिनादेखि बन्द भएको छ । विमानस्थल बन्द हुँदा जाजरकोट, सल्यान र रुकुम पश्चिमलगायत यस क्षेत्रका नागरिक हवाई सेवा लिनबाट वञ्चित भएका छन् ।

१५ महिनादेखि चौरजहारी विमानस्थल बन्द

सुर्खेत : रुकुम पश्चिममाको चौरजहारी विमानस्थल विगत १५ महिनादेखि बन्द हुँदा जाजरकोट, सल्यान र रुकुम पश्चिमलगायत यस क्षेत्रका नागरिक हवाई सेवा लिनबाट वञ्चित भएका छन्। गत वर्षको जेठ महिनादेखि यो विमानस्थल बन्द रहँदा सबैभन्दा बढी बिरामी मर्कामा परेका छन्। नजिकैको विमानस्थलमा हवाई सेवा सञ्चालन हुन नसक्दा मिसन अस्पताल चौरजहारीबा...