काठमाडौं : इंग्लिस प्रिमियर लिग फुटबलमा साउथह्याम्प्टनलाई म्यानचेस्टर युनाइटेडले ९–० गोल अन्तरले हराएको छ। उसले आफ्नै कीर्तिमान बराबरी गर्ने क्रममा ९ खेलाडीमा सिमित साउथह्याम्प्टनमाथि शानदार जीत निकालेको हो। खेल सुरु भएको दोस्रो मिनेटमै साउथह्याम्प्टनका अलेकजान्द्रे जान्केवीचले रातो कार्ड पाउँदै मैदान बाहिर गए। खेलको ८६ औँ मिनेटमा बेड्नारिक रातो कार्ड पाएर मैदानबाट बाहिरिए पछि ९ खेलाडीमा झर्यो।पहिलो हाफमा चार गोलको अग्रता लिएको म्यानचेस्टर युनाइटेडले दोस्रो हाफम