ओछयानमा दिसा पिसाब गरेको भन्दै नाबालकलाई निर्घात कुटपिट, सौतेनी आमा र बुबा पक्राउ

तीन वर्षको नाबालक छोरालाई निर्घात कुटपिट गर्ने सौतेनी आमा र बाबुलाई प्रहरीले पक्राउ गरेको छ । सुतेको ओछयानमा दिसा पिसाब गरेको भन्दै आमाबुबा मिलेर लात्ती र मुक्काले निर्घात कुटपिट गर्नुका साथै नाबालकलाई लछार पछार पारी, सुती रहेको स्थानबाट टिपेर फ्याँकी सख्त घाइते बनाएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले जानकारी दिएको हो ।पक्राउ पर्नेमा ती नाबालकका बुबा ३९ वर्षीय तिलक बुढा र सौतेनी आमा २८ वर्षीय उर्मिला बुढा रहेका छन् । दाङको घोराही उपमहानगरपालिका वडा नं। १९ स्थायी घर भएका तिलकले निजको जेठी