ओलम्पिक, एसियाली र दक्षिण एसियाली खेलकुदमा प्रदेश १ बाट अहिलेसम्म सहभागी खेलाडीको स–परिवारलाई ५ वर्षसम्म निःशुल्क स्वास्थ्य उपचार उपलब्ध गराइने भएको छ । यसको चाँजोपाँजो मिलाउँदै प्रदेश १ खेलकुद विकास बोर्डले पहिलोपल्ट आइतबार खेलकुद इतिहासको गरिमा बोकेका खेलाडीको सम्मान गर्ने तयारी गरेको छ । बोर्डले प्रदेशबाट हालसम्म ओलम्पिक खेलेका ९, एसियाली खेलकुद खेलेका ३६ र साग खेलेका १ सय ५० खेलाडीलाई सम्मान गरिने भएको छ ।