कोरोनाको तेस्रो लहर शुरु हुने लक्षण देखिएकोले सबै सजग र सचेत हुनुपर्छ : प्रधानमन्त्री

साउन २३, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको साझा प्रयासले मात्र कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सकिने बताउनुभएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवारदेखि शुरु गरेको ‘नेपाल मास्क अभियान’ सन्दर्भमा उहाँले दिनुभएको भिडियो सन्देशमा सरकारको एक्लो प्रयासले मात्र कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सम्भव नभएकाले यसमा सबैको सहयोग हुनुपर्नेमा जोड दिनुभएको हो ।  प्रधानमन्त्री देउवाले कोरोना भाइरस माहामारीको तेस्रो लहर शुरु हुने लक्षण देखिएको भन्दै यसप्रति सबै सजग र सचेत हुनुपर्ने बताउनुभयो । उहाँले भीडभाड हुने कार्यक्रम नगर्न र स्वास्थ्य सुरक्षा मापदण्ड लागू गर्न सम्पूर्ण राजनीतिक दल, गैरसरकारी संस्था, निजी क्षेत्रलाई आग्रह गर्नुभयो ।  प्रधानमन्त्री देउवाले अत्यन्त आवश्यक परेको बेला मात्र बाहिर निस्कन र निस्कनुअघि नाक, मुख राम्रोसँग छोप्ने गरी मास्क लगाउन सबैमा आग्रह गर्नुहुँदै भौतिक दूरी कायम गर्न, बेलाबेलामा साबनुपानीले हात धुन र स्वास्थ्यसम्बन्धी मापदण्ड प्रयोग गर्न सबैमा आह्वान गर्नुभयो । उहाँले महामारी नियन्त्रण गर्ने प्रभावकारी उपाय खोप रहेको भन्दै विभिन्न उमेर समूहलाई खोप लगाउने कार्य सरकारले जारी राखेको बताउँदै खोप लगाउँदा दूरी कायम गरी लाइनमा बस्नसमेत अनुरोध गर्नुभयो । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले मास्क र खोप अभियानलाई वडावडामा स्वयंसेवक राखेर सफल पार्नुपर्छ भन्दै कोभिड–१९ महामारीले स्वास्थ्य सेवासँगै आर्थिक क्रियाकलापमा पनि गम्भीर असर पुर्‍याएको हुँदा संक्रमण नियन्त्रण गर्नका लागि खोप र जनस्वास्थ्यको मापदण्ड पालना गर्न सबैमा आग्रह गरे ।  उनले सही ढंगबाट मास्क लगाउने र मास्क लगाउन उत्प्रेरित गर्नका लागि अभियान शुरु गरिएको जानकारी दिए । मास्कको सही प्रयोगले संक्रमण हुन दिँदैन त्यसैले मास्कको सही प्रयोग गर्नुपर्नेमा उनले जोड दिए । राज्यमन्त्री श्रेष्ठले संक्रमणबाट बचाउनका लागि खोप अभियान सञ्चालन गरेको भन्दै सबै नेपालीमा छिटोभन्दा छिटो खोप पुर्‍याउन सरकार प्रतिबद्ध रहेको जानकारी दिए । स्वास्थ्य सचिव डा रोशन पोखरेले मास्क लगाए पनि कतिपयले बोल्दा मास्क फुकाल्ने, चिउडोमा लगाउने, सही तरिकाले मास्क नलगाउने जस्तो देखिएकाले अभियान सञ्चालन गर्नुपरेको बताए । ‘मास्क आफूलाई बच्न मात्र नभएर आफ्नो परिवार, समाजलाई बचाउन महत्वपूर्ण भूमिका खेल्दछ’, उनले भने, ‘त्यसैले सबै नेपालीलाई अनिवार्य मास्क लगाउन आग्रह गर्न चाहान्छौं ।’ उनले जनस्वास्थ्य मापदण्ड उल्लंघन भएको र मास्क लगाउन पनि हेलचक्र्याइँ गरेकाले स्वास्थ्य मापदण्ड र मास्कको महत्वबारे जानकारी गराउन अभियान गरिएको जानकारी दिए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा आरपी विच्छाले घर बाहिर निस्कँदा मास्क लगाएर मात्र निस्कन आग्रह गरे । उनले यही साउन २५ गतेदेखि एस्ट्राजेनिका खोप साढे १३ लाख ज्येष्ठ नागरिकलाई दोस्रो मात्राको लगाउने जानकारी दिए । कार्यक्रममा विश्व स्वास्थ्य संठनका नेपाल प्रतिनिधि राजेश पाण्डवले मास्क लगाउनु आफ्नो समुदायप्रति सहयोगी बन्नु पनि रहेको बताए । सवारी साधन चलाउँदा अघि सिटबेल्ट, मोटरसाइकल चलाउँदा हेलमेटजस्तै घरबाट निस्कदा अनिवार्यरूपमा मास्कको प्रयोग गर्न आग्रह गरे । मन्त्रालयले मास्क लगाई मानिसको व्यवहारमा परिवर्तन गर्नका लागि  ‘महामारी नियन्त्रण र रोकथाममा मेरो प्रतिबद्धताः मास्क लगाउनु नै आजको आवश्यकता’ भन्ने मूल नाराका साथ शुरु गरेको अभियान यही साउन २९ गतेसम्म सञ्चालन गरिने छ ।  म पनि मास्क लगाउँछु र अरुलाई पनि मास्क लगाउन प्रेरित गर्छु भन्ने सन्देश दिई कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अभियान सञ्चालन गरिएको हो । रासस

सम्बन्धित सामग्री

नेपालमा कोरोनाको चौथो लहर सुरु भएको हो?

संक्रमितको संख्या दैनिक बढ्दो क्रममा रहेपनि अहिले नै कोरोनाको चौथो लहर सुरु भइसकेको भन्न नमिल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समीरकुमार अधिकारी बताउँछन्।

कञ्चनपुरमा कोरोनाको तेस्रो लहर रोकथामका लागि पूर्वतयारी

कोरोनाको तेस्रो लहर रोकथामका लागि कञ्चनपुरमा पूर्वतयारी थालिएको छ ।  मास्क अनिवार्य गराउन जनचेतना फैलाउने कार्यसँगै सर्वसाधारणलाई सचेत पार्ने कार्य पनि तीव्रताका साथ अगाडि बढाइएको छ ।  प्रमुख जिल्ला अधिकारी रामप्रसाद पाण्डेयका अनुसार जिल्लाभर मास्क लगाउन र  स्वास्थ्यका मापदण्ड पूर्णरूपमा पालना गराउनका लागि अभियान सञ्चालन गरिएको हो । 'सीमा नाका भएर आउने व्यक्तिलाई  हेल्थ डेस्कमा लगी जाँच गरेर मात्रै पठाउने गरेका छौँ', उनले भने, 'स्थानीय तह र अन्य संघसंस्थासँगको समन्वयमा एम्बुलेन्सको व्यवस्थ...

कोरोनाको तेस्रो लहर यही महिनाबाट

कोरोना संक्रमणको तेस्रो लहर कहिले आउला भनी अहिले व्यापक आँकलन गर्न थालिएको छ। छिमेकी देश भारतमा यही महिनाबाट कोरोनाको तेस्रो लहर आउने अनुमान गरिएको छ।

कोरोनाको तेस्रो लहर रोकथामको योजनामा सुदूरपश्चिम सरकार

कञ्चनपुर : सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाको तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि रणनीतिक योजना बनाउनका लागि कार्य अगाडि बढाएको छ।कोरोनाको तेस्रो लहर रोकथामका लागि अपनाउनुपर्ने सावधानीसँगै स्वास्थ्य संस्थाहरूको क्षमता अभिवृद्धिका लागि कार्य अगाडि बढाउन लागेको हो।त्यसका लागि सम्बन्धित निकायसँग समन्वयात्मक बैठकको आयोजना गरी सुझाव लिने कार्य भइरहेको छ। नयाँ आर्थिक वर्ष शुरुवात भएसँगै प्रदेशको सामाजिक विकास मन्त्रालयले कोरानाको पहिलो र दोस्रो लहरमा गरिएको तयारी र सम्पादन गरिएका कार्यहरुको समीक्ष

कोरोनाको तेस्रो लहर सेप्टम्बरदेखि अक्टोबरसम्म, गति दोस्रो लहरको भन्दा बढी हुने

एजेन्सी, ८ असार । भारतमा कोरोनाको तेस्रो लहर सेप्टम्बर देखि अक्टोबरको वरिपरि हुने दाबी गरिएको छ । कोरोना महामारीको दोस्रो लहरले आक्रान्त भएको भारतमा फेरी तेस्रो लहरको पुर्वानुमान गर्दै सेप्टम्बर देखि अक्टोबरको वरिपरि हुने आईआइटी कानपुरले दाबी गरेको हो । आइआइटी कानपुरका प्रोफेसर राजेश रन्जन र उनको टिमले गरेको अध्यययनबाट यस्तो पुर्वानुमान गरेको गरिएको हो […]

स्वास्थ्य विज्ञहरुको चेतावनी– भारतमा अक्टोबरमा कोरोनाको तेस्रो लहर आउन सक्छ

समाचार एजेन्सी रोयटर्सले गरेको स्वास्थ्य विशेषज्ञको एक सर्भेक्षणका अनुसार भारतमा कोरोनाको तेस्रो लहर अक्टोबरमा आउने सम्भावना रहेको बीबीसीले उल्लेख गरेको छ।

के गर्याे भने कोरोनाको तेस्रो लहर रोकिन्छ?

काठमाडौं। कोरोनाका दोस्रो लहरबाट आक्रान्त विश्व अहिलेदेखि नै सम्भावित तेस्रो लहरबाट त्रस्त छ। तर तेस्रो लहर आउनबाट रोक्न सकिने विशेषज्ञहरु बताउँछन्। भाइरस त्यतिखेर फैलन्छ, जतिखेर त्यसले मौका पाउँछ। स्वास्थ्य सचेतनाका साथ सावधानी अपनाउने, टेस्टिङ, ट्रिटमेन्ट चुस्त राख्ने काम गर्न सकेमा कोरोनाको तेस्रो लहर रोकिने विशेषज्ञहरुको सुझाव छ। यसमा व्यक्तिगत, स्थानीय तथा राज्यस्तरबाटै गाइडलाइन पालना हुनुपर्ने उनीहरुको बताउँछन्।

के गर्याे भने कोरोनाको तेस्रो लहर रोकिन्छ?

काठमाडौं। कोरोनाका दोस्रो लहरबाट आक्रान्त विश्व अहिलेदेखि नै सम्भावित तेस्रो लहरबाट त्रस्त छ। तर तेस्रो लहर आउनबाट रोक्न सकिने विशेषज्ञहरु बताउँछन्। भाइरस त्यतिखेर फैलन्छ, जतिखेर त्यसले मौका पाउँछ। स्वास्थ्य सचेतनाका साथ सावधानी अपनाउने, टेस्टिङ, ट्रिटमेन्ट चुस्त राख्ने काम गर्न सकेमा कोरोनाको तेस्रो लहर रोकिने विशेषज्ञहरुको सुझाव छ। यसमा व्यक्तिगत, स्थानीय तथा राज्यस्तरबाटै गाइडलाइन पालना हुनुपर्ने उनीहरुको बताउँछन्।

कोरोनाको दोस्रो लहर : सुदुरपश्चिका नौ जिल्लामा विशेष सतर्कता

धनगढी । कोरोना भाइरस कोभिड–१९ को संक्रमण फैलन सक्ने भन्दै सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्ला प्रशासन कार्यालयहरूले सुरक्षा सर्तकता अपनाउन आग्रह गरेका छन् । भारतमा दोस्रो लहरको कोरोना भाइरस संक्रमण भयावह रुपमा फैलिएपछि कैलालीसहित सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाले सर्तकता अपनाउन आग्रह गरेका हुन् । भारतमा कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले […] The post कोरोनाको दोस्रो लहर : सुदुरपश्चिका नौ जिल्लामा विशेष सतर्कता appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.