पछिल्लो २४ घण्टाभित्र बाँकेमा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालगन्ज मेडिकल कलेज र भेरी अस्पताल नेपालगन्जमा उपचारका क्रममा उनीहरुको मृत्यु भएको हो । २४ घण्टाभित्र यति धेरै मृत्यु भएको यो तथ्यांक अहिलेसम्मकै उच्च रहेको बताइएको छ ।...
धरान। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ। सोमबार एकै दिन मोरङ र जनकपुरका दुई संक्रमितको मृत्यु भएको हो। संक्रमणबाट विराटनगर–१२ का ७५ वर्षीय वृद्ध र धनुषाका ४८ वर्षीय पुरुषको मृत्यु भएको प्रतिष्ठानले जनाएको छ।