एमसीसी पास गरेको विरोधमा ६ वटा दल र २ वटा मोर्चाले गरेको नेपाल बन्दको प्रभाव कैलाली र कञ्चनपुरमा सामान्य रहेको प्रहरीले जनाएको छ । बन्दका कारण शैक्षिक संस्था तथा सार्वजनिक यातायातका साधन सुचारु भएका छैनन् । तर, हिजो छुटेर जिल्ला भित्रिने क्रममा रहेका लामो दूरीका सवारीलाई भने चल्न दिइएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीमा रिक्सा, मोटरसाईकल लगायत साना सवारी सञ्चालन भइरहेका छन् । मुख्य बजार क्षेत्र बन्द रहेपनि शाखा बजार खुला रहेका जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्