अफगानिस्तानको राजधानी काबुलस्थित राष्ट्रपति भवन अगाडि महिलाहरूले प्रदर्शन गरेका छन्। सरकारमा महिला सहभागिताको माग गर्दै उनीहरुले राष्ट्रपति भवन अगाडि प्लाकार्डसहित प्रदर्शन गरेका हुन्।प्लाकार्डमा ‘एउटा शक्तिशाली मन्त्रिपरिषद् जसमा पहिला पनि होऊन्’ जस्ता नाराहरु लेखिएका छन्। अफगानिस्तान तालिबानले कब्जा गरेपछि विश्वभरबाट त्यहाँ महिलाको अवस्था कस्तो होला भन्ने चिन्ता प्रकट भइरहेका बेला शुक्रबार दिउँसो त्यहाँका महिलाहरुले राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गरेका तस्बिरहरु सार्वजनिक भएका