२२ हजार भूकम्पपीडितले घर बनाउन सुरु नै गरेनन्

भूकम्प गएको ४ वर्ष पुग्दा काभ्रेमा ३२ हजार ६ सयले घर बनाएका छन् भने २२ हजारले घर बनाउन सुरु नै गरेका छैनन् । पहिचान लाभग्राहीमध्ये ७३ हजार ९ सय ९९ घरधुरीले घर निर्माणार्थ सम्झौता गर्न आएमध्ये पहिलो किस्ता ७३ हजार ९ सय ९९ लाभग्राही, दोस्रो किस्ता ५१ हजार ६ सय ६५, तेस्रो किस्ता ३२ हजार ६ सय ७३ लाभग्राहीहरूले लिएको जिल्ला आयोजना कार्यान्वयन इकाई अनुदान व्यवस्थापन कार्यालयका प्रमुख लोकनाथ रेग्मीले जानकारी दिए ।