संविधानप्रदत्त अधिकारको कार्यान्वयनमा जोड : प्रदेश प्रमुख गुरुङ

गण्डकी । गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानले सुनिश्चित गरेका मौलिक अधिकारको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोग नेपाल गण्डकी प्रदेशद्वारा पोखरामा आज आयोजित मानव अधिकार रक्षक प्रादेशिक सम्मेलनको उद्घाटन गर्दै उनले अधिकारका बारेमा विकट बस्तीका जनताले प्रत्याभूति गर्न पाउनुपर्ने बताए । भौगोलिक विकटताका कारण जन्मसिद्ध अधिकारबाटसमेत बञ्चित दुरदराजका बासिन्दालाई मानवअधिकार रक्षकले […]