७८ वर्षका कर्नाटकका मुख्यमन्त्री येदियुरप्पालाई दोस्रोपटक कोरोना सङ्क्रमण, अस्पताल भर्ना

काठमाडौं। कर्नाटकका ७८ वर्षीय मुख्यमन्त्री बीएस येदियुरप्पालाई दोस्रोपटक कोरोना सङ्क्रमण भएको छ। सङ्क्रमण भएपछि उनलाई बैंगलुरुको मणिपाल अस्पतालमा भर्ना गरिएको छ। मुख्यमन्त्रीको कार्यालयका अनुसार उनलाई ज्वरो आएको छ। यसै कारण उनले आफूलाई उपनिर्वाचनमा भारतीय जनता पार्टीको उम्मेदवारको पक्षमा हुने रोडशोबाट अलग्याएका थिए। यसअघि पनि उनलाई एकपटक कोरोना सङ्क्रमित हुँदा पनि अस्पताल भर्ना भएका थिए।

सम्बन्धित सामग्री

प्रदेश १ मा कोरोना सङ्क्रमण दर उकालो लाग्दै, अस्पताल भर्ना हुने बढे

पछिल्ला केही दिन यता मुलुकभर कोरोना सङ्क्रमणको दर बढेसँगै प्रदेश १ मा पनि सक्रिय सङ्क्रमण दर उकालो लागेको छ । पछिल्लो एक साताको अवधिमा ११७ सक्रिय सङ्क्रमित रहेकोमा यो दर बढेर शनिबारसम्म आइपुग्दा १९२ पुगेको छ । सङ्क्रमितको दर बिस्तारै बढेसँगै अस्पताल भर्ना हुने सङ्क्रमितको दर पनि बढेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।प्रदेश १ मा अति नै न्यून सङ्ख्यामा पीसीआर परीक्षण हुँदै आएकाले पनि सङ्क्रमितको सङ्ख्या थोरै देखिएको छ। शनिवार प्रदेश भरी जम्मा १ सय ६८ जनाको मात्र पी

बैतडीमा कोरोना संक्रमित पुरुषको मृत्यु

४ पुस, बैतडी। बैतडीमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका १ गुरुखोलाका ८५ वर्षीय पुरुषको जिल्ला अस्पतालमा मृत्यु भएको हो । बिहीबार बेलुका ५ बजे अस्पताल भर्ना भएका ती व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला अस्पतालका सूचना अधिकारी हरिषप्रसाद पन्तले जानकारी दिए । उनका अनुसार कोरोनाका लक्षण देखिएर अस्पताल भर्ना हुन आएका […]

दुवै मात्रा खोप लगाएका कोरोना सङ्क्रमितकाे मृत्यु

बैतडी । बैतडीमा कोरोना भाइरसविरुद्धका दुवै मात्रा खोप लगाएका एक व्यक्तिको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका १ गुरुखोलाका ८५ वर्षीय पुरुषको जिल्ला अस्पतालमा मृत्यु भएको हो । बिहीबार बेलुका ५ बजे अस्पताल भर्ना भएका ती व्यक्तिमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोनाका लक्षण देखिएर अस्पताल भर्ना हुन आएका ती वृद्धाका शरीरमा अक्सिजन लेभल […]

अस्पतालबाट २०३ दिनपछि डिस्चार्ज

काठमाडौँ । अमेरिकामा एक कोरोना सङ्क्रमित अस्पताल भर्ना भएको २०३ दिनपछि डिस्चार्ज भएका छन् । कोभिड –१९ सङ्क्रमणपछि अस्पताल भर्ना भएका ५८ वर्षीय सिन हन्ट अस्पतालबाट २०३ दिनपछि डिस्चार्ज भएका हुन् । हन्टको नोर्फोल्क र नोर्विच अस्पतालमा उपचार गरिएको थियो । उनी गत जनवरीमा बिरामी भएपछि अस्पताल भनाए भएका थिए । उनी कोरोना सङ्क्रमण अघि […]

सर्लाहीका अधिकांश संक्रमित होम आइसोलेशनमै, अस्पतालमा छैन आइसीयू र भेन्टिलेटर

३१ जेठ, सर्लाही । आइसीयू र भेन्टिलेटरको व्यवस्था नहुँदा जिल्लाका कोरोना सङ्क्रमितले उपचार अभावमा ज्यान गुमाउनु परेको छ । कोरोना सङ्क्रमण देखिएर उपचारका लागि अस्पताल भर्ना भएका बिरामीले उपचार अभावमा ज्यान गुमाउनुपरेको छ । कोरोना सङ्क्रमण र कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी उपचारका लागि अस्पतालमा भर्ना भएपनि आवश्यक भौतिक संरचना र भौतिक साधनको अभावमा […]

पूर्व प्रधानमन्त्री खनाल अस्पताल भर्ना

काठमाण्डाै - पूर्व प्रधानमन्त्री झलनाथ खनाल नर्भिक अस्पताल भर्ना हुनुभएको छ । विगत चार/पाँच दिनदेखि ज्वरो आइरहेको र निमोनिया समेत ठिक नभएकाले उहाँ आज बिहान उपचारका लागि नर्भिक अस्पताल जानुभएको हो । खनाललाई आकस्मिक कक्षमा भर्ना गरी उपचार थालिएको नर्भिक अस्पतालले जनाएको छ । यसअघि कोरोना सङ्क्रमण भएपछि वैशाख १८ गते नर्भिक अस्पतालमा भर्ना भएका खनाल सङ्क्रमणमुक्त भएपछि दश दिनपछि घर फर्कनुभएको थियो ।

पूर्व राजा ज्ञानेन्द्र अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । पूर्व राजा ज्ञानेन्द्र शाह पूर्ण स्वास्थ्यपछि नर्भिक अस्पतालबाट डिस्चार्ज भएका छन्। कोरोना सङ्क्रमण पुष्टि भएपछि विगत १९ दिनदेखि अस्पताल भर्ना भएका पूर्व राजाको स्वास्थ्य सामान्य बनेपछि बुधवार राति ८ बजे उनलाई डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । उनीसँगै कोरोना सङ्क्रमणका कारण अस्पताल भर्ना गरिएकी पूर्व रानी कोमल शाह भने अझै अस्पतालमै छन्। उनको […]

पूर्व प्रधानमन्त्री खनाल कोरोना उपचारका लागि अस्पताल भर्ना

काठमाण्डाै – पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाललाई कोरोना सङ्क्रमण भएको छ । खनाल उपचारका लागि थापाथलीको नर्भिक अस्पतालमा भर्ना हुनुभएको छ । अहिले उहाँलाई भर्ना गरेर विभिन्न जाँचहरु भइरहेको नर्भिक अस्पतालले जनाएको छ । कोरोना सङ्क्रमित हुनुभएका पूर्व राजा ज्ञानेन्द्र शाह र पूर्व रानी कोमल शाहको पनि नर्भिक अस्पतालमै उपचार भैरहेको छ ।

धुलिखेल अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि

काभ्रे ।  निमोनियाका कारण धुलिखेल अस्पतालमा उपचाररत दोलखाका एक पुरुषको मृत्यु भएको छ । उपचारका क्रममा बिहीबार मृत्यु भएका ६२ वर्षीय पुरुषको कोभिड–१९ परीक्षण गर्दा सङ्क्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । दोलखाको विगू गाउँपालिका निवासी ती पुरुष निमोनियाको लक्षण देखिएपछि उपचारार्थ बुधबार राति काभ्रेपलाञ्चोकको धुलिखेल अस्पताल भर्ना भएका थिए र उनको उपचारका क्रममा बिहीबार […] The post धुलिखेल अस्पतालमा मृत्यु भएका पुरुषमा कोरोना सङ्क्रमण पुष्टि appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.