अर्थतन्त्रमा देखिएकाे चुनाैती हल गर्न निजी क्षेत्रकाे याेगदान महत्त्वपूर्ण : प्रधानमन्त्री

गोरखा – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अर्थतन्त्रमा देखिएको चुनौती हल गर्न निजी क्षेत्रको योगदान महत्त्वपूर्ण हुने बताउनुभएको छ ।  नेपाल उद्योग वाणिज्य सङ्घ गोरखाले आयोजना गरेकाे गोरखा महोत्सवमा सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री प्रचण्डले अर्थतन्त्रलाई गति दिन सार्वजनिक–निजी क्षेत्रको सहकार्य अनिवार्य रहेकोमा जोड दिनुभएको हो ।  प्रधानमन्त्री भएपछि मन्त्रिपरिषद्काे पहिलो बैठकबाट नै अर्थतन्त्रमा सुधारका निम्ति लिनुपर्ने नीति र उपायका बारेमा गम्भीर छलफल भएको बताउनुहुँदै उहाँले अर्थतन्त्रको विकासका लागि निजी क्...