एकल महिलाका सन्तानलाई मावलीको थरबाट नागरिकता दिनु संविधानको मर्म विपरीत - सांसद भट्टराई

काठमाण्डाै – नेकपा एमालेकी सांसद विद्या भट्टराईले एकल महिलाका सन्तानलाई मावलीको थरबाट नागरिकता दिने कुरा संविधानको मर्म विपरीत भएको बताउनुभएको छ ।शुक्रवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद भट्टराईले आमाको नामबाट नागरिकता पाउने कुरा संविधानले नै स्वीकार गरेको अवस्थामा एकल महिलाको सन्तानलाई मावलीको थरबाट नागरिकता दिनु संविधान विपरीत भएको बताउनुभएको हो । उहाँले मावलीको थरबाट सन्तानलाई नागरिकता दिने कुराले आमाको अस्तित्वलाई अस्वीकार गरेको पुष्टि हुने बताउनुभयो ।उहाँले भन्नुभयो, &lsqu...