गुरुयोजना विपरीत खुल्ला चौर मासेर पार्क निर्माण

कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरको विकासका लागि २०३६ सालमा ‘मास्टर प्लान’ (गुरुयोजना) बनाइएको थियो । तत्कालीन नगरविकास समितिले यहाँको विकासका लागि उक्त ‘मास्टर प्लान’ तयार गरे पनि वीरेन्द्रनगर नगरपालिकाले गुरुयोजना विपरीत कार्य गर्दै आएको छ ।नगरपालिकाले मनोमानी कार्य गरेको भन्दै आलोचनासमेत भइरहेको छ । नगरविकास समितिबाट भोगचलनको अधिकार नलिइ नगरपालिका कार्यालयको प्रशासनिक भवनको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) निर्माण, दिनेश स्मृति पार्क लगायतका काम भइरहेको हो । नगर ग