निर्वाचन लक्षित सुरक्षा रणनीति बनाउँदै दैलेख प्रहरी

सरकारले स्थानीय तह निर्वाचन मिति घोषणा गरेसँगै स्थानीय प्रशासन र प्रहरीले निर्वाचन लक्षित सुरक्षा रणनीति तयार गर्नमा लागेको छ । जिल्लाका ११ स्थानीय तहमा रहेको जनप्रतिनधि, नागरिक समाज, राजनीतिक दल, शिक्षक, बुद्धिजीबीसँग आवश्यक छलफल सुरु गरेको हो ।

सम्बन्धित सामग्री

सुरक्षा परिचालन योजना लागू

चितवन । चैत ५ गते हुने स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनलाई लक्षित गर्दै चितवनमा स्ववियु निर्वाचन लक्षित सुरक्षा परिचालन योजना लागू गरिएको छ । जिल्ला प्रहरी कार्यालयले चितवनले निर्वाचन हुने १६ ओटा क्याम्पसमा लक्षित गरी योजना लागू गरेको हो । कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक विजयराज पण्डितका अनुसार योजनाअन्तर्गत चार सय प्रहरी परिचालन गरिनेछ । निर्वाचन हुने कलेजको सुरक्षा, मोबाइल गस्ती, आवश्यकताअनुसार परिचालन गर्न तयारी टोलीसहित योजना लागू गरिएको हो । निर्वाचनलाई लक्षित गर्दै शंकास्पद वस्तु भेटिन थालेकाले योजनालाई थप प्रभावकारी बनाउन लागिएको उनले बताए । स्ववियु निर्वाचन कार्यतालिकाअनुसार उम्मेदवारको नामा प्रकाशन पछि अहिले विद्यार्थी संगठन प्रचारप्रसारमा लागि रहेका छन् । प्रचारप्रसारको क्रममा हुन सक्ने सम्भावित घटनालाई अध्ययन र विश्लेषण गरेर योजना लागू गरिएको उनले बताए । निर्वाचनको विषयमा क्याम्पस प्रशासन र निर्वाचन अधिकृतसँग समन्वय गरेर काम भइरहेको पण्डितले बताए । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले स्ववियु निर्वाचनका लागि समन्वयात्मक सुरक्षा रणनीति अपनाइएको बताए । उनले भने, ‘स्ववियु निर्वाचन हुने कलेजमा कलेज प्रशासनसँग समन्वय गरेर सुरक्षा व्यवस्था मिलाइएको छ ।’ रासस

निर्वाचन सुरक्षा रणनीति : म्यादीसहित करिब तीन लाख सुरक्षाकर्मी परिचालन

काठमाडौं । आगामी संसदीय निर्वाचनका लागि प्रक्रिया सुरु भएसँगै सुरक्षा व्यवस्था पनि कडा पारिएको छ । गृह मन्त्रालयको निर्वाचन लक्षित एकीकृत सुरक्षा योजनाअन्तर्गत नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभाग संयुक्त रूपमा परिचालन भएका छन् ।  मन्त्रालयका अनुसार आगाी मंसिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभा...

निर्वाचन सम्पन्न गराउन म्याग्दीमा सुरक्षा रणनीति कार्यान्वयन

म्याग्दी – वैशाख ३० गते हुने स्थानीयतह निर्वाचनलाई लक्षित गरी म्याग्दीको निर्वाचन सुरक्षा रणनीति तयार गरिएको छ । जिल्लामा रहेको ७४ मतदान स्थल र १ सय १४ मतदान केन्द्रमा हुने मतदान र मतदान अघि तथा मतगणनासम्मको अवस्था सम्मका लागि जिल्ला स्थिति सुरक्षा निकायको समन्वयमा सुरक्षा रणनीति तयार गरी कार्यान्वयन गरिएको हो । निर्वाचनमा म्यादी प्रहरी, […]

चुनाब लक्ष्यित सुरक्षा रणनीति तयार

म्याग्दी – वैशाख ३० गते हुने स्थानीयतह निर्वाचनलाई लक्षित गरी म्याग्दीको निर्वाचन सुरक्षा रणनीति तयार गरिएको छ । जिल्लामा रहेको ७४ मतदान स्थल र १ सय १४ मतदान केन्द्रमा हुने मतदान र मतदान अघि तथा मतगणनासम्मको अवस्था सम्मका लागि जिल्ला स्थिति सुरक्षा निकायको समन्वयमा सुरक्षा रणनीति तयार गरी कार्यान्वयन गरिएको हो । निर्वाचनमा म्यादी प्रहरी, […]