सोरु गाउँपालिका–४ कि रत्नसोभा शाहीलाई यति बेला गुच्ची च्याउ टिप्न चटारो छ । उनी बिहानै च्याउ टिप्न जंगलतिर जाने र साँझ परेपछि घर फर्किने गरेकी छन् । च्याउबाट पैसा कमाउने लोभले रत्नशोभा घरधन्दा देखि खेतीपातीको काम छोडेर यतिबेला जंगल धाइरहेकी छन् । चैत दोश्रो सातादेखि च्याउ टिप्न सुरु गरेकी उनले आधा केजी पुर्याउन थालिसकेकी छन् ।
गुल्मी : गुल्मीको रेसुंगा नगरपालिका-९ का बाबुराम पाण्डेले १० वर्षदेखि तम्घासमा व्यासायिक रुपमा च्याउ उत्पादन गर्दै आएका छन्। उनले रेसुंगा नगरपालिका ९ उपल्लो तम्घासमा रेसुंगा च्याउ उद्योगमार्फत २० लाख लगानीमा च्याउ खेती गरेका हुन्।
अहिले पाण्डेलाई च्याउ टिप्ने चटारो छ। तर, बजार अभावका कारण दैनिक करिब तीन क्विन्टल उत्पादन हुने च्याउको व्यावस्थापन गर्न पाण्डेलाई मुस्किल परिरहेको छ।
अहिले मोटरसाइकलमा राखेर च्याउ गाउँगाउँमा लैजानुपर्ने बाध्यता पाण्डेलाई छ। पछिल्लो समय कृषि कर्ममा लाग्ने युवाहरुको संख्या बढ्दै गएको छ। उत्पाद...