बुढीगण्डकी जलविद्युत् आयोजनाले डुबानमा पर्ने संरचना र बोटबिरुवाको मुआब्जा निर्धारण भएको छ । सोमबारको मुआब्जा निर्धारण समितिले डुबानमा पर्ने घर, गोठ, फलफूल र बोटबिरुवाको मुआब्जा तोकेको हो । संरचनालाई उत्तम, मध्यम र सामान्यमा विभाजन गरी मुआब्जा रकम निर्धारण गरिएको छ ।