एमालेका प्रेमिल गुट : रतिक्रीडाको उत्सर्गमा

हिजोसम्म एमालेको एउटा गुटसँग लहसिएकाहरू या अस्तिका दिनसम्म अर्को गुटको पुच्छर समाएर वैतरणी तरेका रैतीहरू यति छिट्टै यति धेरै असल र यिनीहरू मात्र यति धेरै खराब हुन एकैचोटि कसरी सम्भव भएछ ? अलि हजम हुन सकेको थिएन ।अहिले यी प्रेमिल गुटहरूको संसदीय रतिक्रीडाको उत्सर्ग देखियो । यो त अझै एक महिना जारी रहन्छ रे । भाइरस कोरोना र राजनीतिको यो महाकोरोनाको साइनो के छ होला ? जिज्ञासावश एकनजा चिनेजानेका डाक्टरलाई सोधेको थिएँ । यसबारेमा आधुनिक चिकित्साविज्ञानले आधिकारिक अनुसन्धान र निष्कर्ष निकालेको त थाहा भए