वित्तीय परामर्शदाता कम्पनी ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा आएको छ । सेवाग्राहीलाई वित्तीय क्षेत्रका सम्पूर्ण सेवा उपलब्ध गराउने उद्देश्यले काठमाडौंको कमलपोखरीमा ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा आएको हो । मुद्रा कन्सल्टका सञ्चालक माधवप्रसाद चम्लागाईले व्यवसाय वृद्धिको लागि वित्तीय संस्थाबाट सेवा लिनको लागि आवश्यक कागजात तयारी गरिदिने, सुलभ, सरल र सहज रुपले विभिन्न विकल्पसहित परामर्श उपलब्ध गराउने बताए । मुद्राले झन्झटिलो बैङ्किङ प्रकृयाको कारण कागजात नपुगेर भौतारिइरहेका सेवाग्रा