२३ कात्तिक, काठमाडौं । सरकारले मूलपानी सहित तीन वटा क्रिकेट रंगशालालाई राष्ट्रिय गौरवका आयोजनामा राखेर निर्माण अघि बढाउने निर्णय गरेको छ । नेपाल दोस्रो पटक टी–२० विश्वकप क्रिकेटमा स्थान बनाउन सफल भएपछि बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले मूलपानी मैदान (तल्लो), मोरङको बैजनाथपुरमा निर्माणाधीन गिरिजाप्रसाद कोइराला क्रिकेट रंगशाला र चितवनको भरतपुरमा धुर्मुस सुन्तली फाउन्डेसनले सुरु गरेर अलपत्र […]
काठमाण्डाै - मूलपानी क्रिकेट मैदानले एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको छ ।
काठमाण्डौमा भैरहेको एसीसी प्रिमियर कप त्रिकेटमा एकदिवसीय मान्यता पाएका दुई देश ओमान र यूएईबीच सेमिफाइनल खेल भएसँगै मूलपानीले एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको हो ।
मूलपानी मैदान एकदिवसीय मान्यता पाउने नेपालको दोस्रो मैदान बनेको छ ।
नेपालको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता पाएको मैदान कीर्तिपुर हो । माथिल्लो मूलपानी मैदानमा नेपाल क्रिकेट सङ्घ (क्यान) ले सन् २००८ मा एकेडेमी सञ्चालनको लागि निर्माण सुरुवात गरेको थियो ।
एक दशकदेखि चर्चामा रहँदै आए पनि सञ्चालनमा आउन नसकेको मूलपानीको माथिल्लो क्रिकेट मैदान शनिबारदेखि विधिवत् सञ्चालनमा आउने भएको छ । यद्यपि, बहुप्रतीक्षित मूलपानीकै निर्माणाधीन तल्लो क्रिकेट मैदानको निर्माण कार्यले भने...पूरा पढ्नुहोस् »